Friday, 24 November 2017 06:48 pm, Nepal

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

मेचीकाली : 2017-09-29 08:47:26

अर्घाखाँची, १३ असोज : आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।

पुरा पढ्नुहोस्

हेमराज–आरुसी हत्याकाण्डमा पति गुमाएकी खुमकलाको प्रश्न, 'दुई छाक खाने कसरी ?'

मेचीकाली : 2017-01-19 17:14:56

प्रेम आचार्य

अर्घाखाँची, ६ माघ : रोजगारीका लागि भारत गएका श्रीमान्ले पठाएको पैसाले जीवन निर्वाह हुँदैआएको थियो तर अहिले के गराँै भन्ने समस्या भएको छ साढे आठ वर्षअघि हत्या भएका हेमराजकी श्रीमती खुमकलालाई । “भारत सरकारले हामीलाई न्याय त दियो अब जीवन गुजारा गर्ने व्यवस्था पनि मिलाइदिनुपर्छ । जो परिवार पाल्न परदेश गयो उसैको हत्या भयो । अब हामीलाई कसले हेर्छ ? दुई छाक कसरी खाने ?” गहभरि आँसु झार्दै ४९ वर्षीया खुमकलाले भनिन् ।

पुरा पढ्नुहोस्

आतंक मच्चाउने भैंसीलाई गोली हानेर मारियो

मेचीकाली : 2016-12-07 08:52:03

अर्घाखाँची, २२ मङ्सिर : अर्घाखाँचीको ठाडामा भैसीले आतंक मच्चाएपछि गोली हानेर मारिएको छ । भैंसीलाई कसैले बाँध्न नसक्ने अवस्था आएको र जथाभावी आतंक मच्चाउँदै हिंडेपछि नियन्त्रण गर्न नसकेर गोली हानेर मारिएको प्रहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

हत्या आरोपित दुई नेता एमालेबाट निष्कासित

मेचीकाली : 2016-10-21 14:04:44

अर्घाखाँची, ५ कात्तिक : नेकपा (एमाले) अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।

पुरा पढ्नुहोस्

रोकिएन दुर्घटनाको श्रृंखला, अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

मेचीकाली : 2016-08-28 17:06:48

चितवन दुर्घटनामा हराइरहेकाहरुको खोजी जारी

अर्घाखाँची, १२ भदौ : २२ जनाको मृत्यु हुने गरी चितवनमा बस दुर्घटना भएको पर्सिपल्टै अर्घाखाँचीमा आज जीप दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तीमा पनि ९ जना यात्रुको मृत्यु भएको छ । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोट जाँदै गरेको लु १ ज ४८७८ नम्बरको जिप अर्घाखाँचीको रतनमारे नजिकै दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको उद्धारमा खटिएका प्रहरी जवान कुलचन्द्र पोखरेलले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु