dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

गुल्मी र प्युठानमा भीषण पहिरो, तीन घर वगाउँदा ८ जनाको मृत्यु

मेचीकाली : 2014-06-20 08:27:39

गुल्मी, ६ असार : गुल्मी र प्युठानमा पहिरोले घर बगाउँदा ८ जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता भएका छन् । गुल्मीको अग्लुङ गाविस ८ नेपानेमा आज बिहान पहिरोले ३ घर बगाउँदा ६७ बर्षिय भविलाल कुवँर, श्रीमती चेती बुहारी सिता तथा नाती चेतनाथ, नातीनी बिन्दुको मृत्यु भएको हो । बेपत्ता ४ जनाको नाम खुल्न सकेको छैन ।


पुरा पढ्नुहोस्

रेसुंगामा लागेको भीषण आगलागी नियन्त्रण बाहिर

मेचीकाली : 2014-05-20 17:37:27

गुल्मी, ६ जेठ : गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुंगामा भीषण आगलागी भईरहेको छ । हिजो बिहान करिव ९ बजेदेखि सुरु भएको आगलागीले अहिलेसम्म करिव ६ सय हेक्टर क्षेत्रफल वन नष्ट पारेको रेसुंगा संरक्षण समितिका सह सचिव थम्मन केसीले जानकारी दिनुभयो । भाडगाउँको नवज्योति सामुदायिक वनबाट सुरु भएको आगलागीले अहिले भीषण रुप लिएको उहाँको भनाइ छ । 


पुरा पढ्नुहोस्

चिठ्ठामा परेको डेढ सयको क्यामराले बनायो करोडको मालिक

मेचीकाली : 2014-05-07 17:42:06

गुल्मी, २४ वैशाख : भारतमा मजदुरी गर्दा चिट्ठामा परेको क्यामरा लिएर फोटो खिच्ने व्यवसाय सुरु गरेका गुल्मीका एक व्यक्ति सोही व्यवसायबाटै करोडपति बनेका छन् । विसं २०३४ मा भारतमा एक–डेढ सय रूपैयाँ पर्ने रिलवाला क्यामरा हात परेपछि फोटोग्राफर बन्ने सपना बोकेका नन्दराम पाण्डे अहिले गुल्मीको सदरमुकाम तम्घासमा त्यही व्यवसायबाटै करोडौँको मालिक बन्नुभएको हो । 


पुरा पढ्नुहोस्

सयमा ब्लफ कलले प्रहरी हैरान

मेचीकाली : 2014-05-06 11:28:36

गुल्मी, २३ वैशाख : सामान्य नागरिकका सेवाका लागि प्रहरीले राखेको १०० नम्बरमा निःशुल्क फोन लगाउन पाइने भएपछि अनावश्यक फोनले प्रहरीलाई हैरानी बनाएको छ । ग्रामीण क्षेत्रबाट धेरै खर्च गरी सदरमुकाम धाउन र समस्या सबैका एउटै हुन् भनी समस्या समाधानका लागि राखिएको १०० नम्बरमा दैनिक ५० देखि ६० कल अनावश्यक फोन आउने गरेपछि प्रहरीलाई हैरानी बनाएको हो । 


पुरा पढ्नुहोस्

गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० जना घाइते

मेचीकाली : 2014-04-20 10:30:03

गुल्मी, ७ वैशाख : गुल्मीमा आज विहान जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । १० जना घाईते भएका छन् । दरवार देविस्थानबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज २५२९ नम्वरको जिप तेलपोखरामा सडकबाट तल खसेको हो । दुर्घटनामा दरबार देविस्थान ८ का ८ वर्षिय विवस सारु, २४ वर्षिय महेन्द्र कुवर, ५० वर्षिया जमुना खत्री र अर्घाखाची बलकोटकी ४५ बर्षीया सानु मियाँको मृत्यु भएको हो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु