dashain
Wednesday, 17 October 2018 07:08 am, Nepal

आगो निभाउने क्रममा एकको मृत्यु

मेचीकाली : 2016-04-29 17:05:22

गुल्मी, १७ वैशाख : खरबारीमा लागेको आगो निभाउने क्रममा शुक्रबार गुल्मीको दोहोली गाविसमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा दोहोली गाविस–१ निवासी ५५ वर्षीय तुल्सीबहादुर लामा रहेको स्थानीयवासी टोपलाल अर्यालले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पुराना नेतालाई विश्राम लिन नेत्री कोइरालाको आग्रह

मेचीकाली : 2016-01-16 17:15:57

गुल्मी, २ माघ : नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँगेसका पुराना नेतालाई अब विश्राम लिई अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ ।पुराना नेताले नेतृत्व लिएर पार्टीमा योगदान दिइसक्नु भएको भन्दै नेत्री कोइरालाले अब नेतृत्व हस्तान्तरण गरेर अभिभावकको रुपमा बस्न नेतालाई सुझाव दिनुभयो ।

पुरा पढ्नुहोस्

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

मेचीकाली : 2015-12-15 08:44:21

काठमाडौं, २९ मंसिर : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गुल्मीको हस्तीचौर गाविसमा गएराति भएको ट्याक्टर दुर्घटनामा चार जनाकोे मृत्यु भएको हो । मृत्यु हुनेहरुमा हस्तीचौर–६ का ट्याक्टर चालक बैकुण्ठ बहादुर मुखिया, हस्तीचौर–३ का तीर्थबहादुर खत्री, चन्द्रबहादुर कुँवर र जुद्ध मुखिया रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

तम्घास नजिक बस दुर्घटना : पाँचको मृत्यु, पच्चीस घाइते

मेचीकाली : 2015-10-05 18:21:14

गुल्मी, १८ असोज : गुल्मीको सदरमुकाम तम्घास नजिक बस दुर्घटना हुँदा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । यो घटनामा पच्चीस यात्रु घाइते भएका छन् । बुटवलबाट गुल्मीतर्फ आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको उर्लेनीमा दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु

मेचीकाली : 2015-08-11 08:47:36

गुल्मी, २६ साउन : गुल्मीको दिब्रुङ गाविसमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ । गएरातीदेखि लगातार परेको बर्षाका कारण घर माथिबाट आएको पहिरोले गाविस ३ का खड्क बहादुर सार्कीको घर पुरिंदा उहाँकी ४० बर्षिय श्रीमती आशा सार्की, ११ वर्षका छोरा गगन र ४ बर्षकी छोरी बिन्दुको मृत्यु भएको स्थानीय शिक्षक बिष्णु थापाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु