dashain
Wednesday, 17 October 2018 04:12 pm, Nepal

गुल्मी बन्द आजदेखि फिर्ता

मेचीकाली : 2016-12-19 08:46:11

गुल्मी, ४ पुस : प्रदेश नम्बर ५ नटुक्र्याउन माग गर्दै १९ देखि जारी गुल्मी बन्द आज खुल्ने भएको छ । बन्दसहितका सबै आन्दोलनका कार्यक्रम आज बिहान ११ बजेपछि फिर्ता हुने आयोजकले बताएका छन् । प्रदेशस्तरबाट सबै जिल्लाका लागि समानस्तरको कार्यक्रम सार्वजनिक भएकाले जिल्ला स्तरमा थप कार्यक्रम आवश्यक नरहेकोले भन्दै आन्दोलन फिर्ता गर्न लागिएको संघर्ष समितिले जनाएको छ ।

पुरा पढ्नुहोस्

१४ दिनसम्म जिल्ला ठप्प जनजीवन कष्टकर

मेचीकाली : 2016-12-13 08:47:51

गुल्मी, २८ मङ्सिर : गुल्मीमा आन्दोलन चर्किएको आज चौधौं दिन, मंसिर १४ गतेदेखि जिल्ला ठप्प छ । अनिश्चतकालिन बन्दले जिल्लामा दैनिक ज्याल मजदुरी गर्ने मजदुर, स्वेदश तथा बिदेशकाट जिल्ला भित्रने र बाहिने व्यक्तिहरु मर्कामा परेका छन् । सरकारी कार्यालयका सेवाहरु प्रभावित भैरहेका छन् ।

पुरा पढ्नुहोस्

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

मेचीकाली : 2016-11-22 17:50:13

गुल्मी, ७ मङ्सिर ७ : गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् । पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए ।

पुरा पढ्नुहोस्

वैज्ञानिक ढङ्गले पुनःसंरचनाको माग गर्दै घेराउ

मेचीकाली : 2016-11-04 08:10:24

तम्घास, १९ कात्तिक : स्थानीय तह पुनःसंरचना प्राविधिक समितिलाई वैज्ञानिक ढङ्गले स्थानीय तहको पुनःसंरचना गर्न माग गर्दै स्थानीय जनताले नाराबाजीसहित जिल्ला विकास समिति, गुल्मीको कार्यालय घेराउ गरेका छन् ।जिल्लाको क्षेत्र नं १ अन्तर्गत चारवटा इलाकामध्ये इलाका नं ४ को परामर्शबिना अधिकांश गाविसको पायक नपर्ने गरी गाउँपालिका निर्धारण गर्न लागिएको आरोप लगाउँदै उनीहरुले दबावस्वरुप बिहीबार जिविसको कार्यालय घेराउ गरेका हुन् ।

पुरा पढ्नुहोस्

मानव बेचबिखनमा ७० वर्षीय वृद्ध कारागारमा

मेचीकाली : 2016-09-01 08:54:14

गुल्मी, १६ भदौ : मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले गत छ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित दशवर्षका लागि कैद सजाय सुनाएकोे थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु