Friday, 24 November 2017 06:38 pm, Nepal

स्याउको व्यापार घट्यो

मेचीकाली : 2017-11-18 18:58:19

गुल्मी, २ मंसिर : गुल्मी र बागलङको संगमस्थल ग्वालिचौर खार बजारमा पाँच दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउले उचित मूल्य नपाउँदा व्यापार घटेको छ । गत वर्षको न्वागी मेलामा झण्डै चार क्विन्टल ढोरपाटनको स्याउ बिक्री भएको थियो । मूल्य घटाएर भए पनि झण्डै तीन क्विन्टल स्याउ प्रतिकिलो  १२० का दरले बिक्री गरेको निसिखोला गाउँपालिका– ५ निसिढोरपाटनका स्याउ व्यापारी जुमबहादुर बुढाथोकीले बताए ।

पुरा पढ्नुहोस्

गल्कोट महोत्सवमा एक करोडको कारोबार

मेचीकाली : 2017-10-13 14:17:12

गुल्मी, २७ असोज : बागलुङको गल्कोटमा सञ्चालन भएको प्रथम गल्कोट सांस्कृतिक महोत्सवको करिब १८ नागरिकले अवलोकन गरेका छन् । यही असोज १८ गतेदेखि सञ्चालन भएको सो सांस्कृतिक महोत्सवको नवौँ दिनसम्म रु एक करोडभन्दा बढीको कारोबार भएको महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हर्क पाण्डेले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

बलात्कार अभियोगमा ५ युवा पक्राउ

मेचीकाली : 2017-10-07 08:41:59

गुल्मी, २१ असोज : गुल्मीमा केहि दिन अघि मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । असोज १५ गते बेलुका मुसिकोट नगरपालिका वडा नम्बर–१ थामडाँडास्थित कोदोबारीमा अन्दाजी ३५ वर्षकी महिलालाई बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ गरी हिजो जिल्ला अदालतमा म्याद थपिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनभयो ।

पुरा पढ्नुहोस्

गुल्मीमा प्रमुखमा एक मात्र महिला उमेदवार

मेचीकाली : 2017-06-12 08:43:25

गुल्मी, २९ जेठ  : गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानिय तह रहे पनि गाउँपालिका प्रमुखको महिला उमेदवार भने एक जना मात्रै उठाईएको छ । तीन प्रमुख दलसहित ११ वटा क्रियाशिल राजनैतिक दलहरु मध्ये माओवादी केन्द्रले मात्र इस्मा गाउँपालिका प्रमुख उमेदवारमा महिला उठाएको हो ।

पुरा पढ्नुहोस्

वडा अध्यक्षमा एकै घरका दाजुभाइको दावी

मेचीकाली : 2017-06-07 08:49:17

गुल्मी, २४ जेठ : दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाईले वडा अध्यक्षमा दावी गरेका छन् । गुल्मीको सबैभन्दा ठुलो नगरपालिका मुसिकोट –४ मा साविकको बडागाउँ गाविसका यमबहादुर खत्री र ओमबहादुर खत्री दुई भाई एकै पदमा उम्मेदवार बन्नुभएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु