Wednesday, 26 September 2018 08:55 am, Nepal

तीन सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय

मेचीकाली : 2018-09-23 11:23:29

दमौली, ७ असोज : तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करीब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान शुरु गरिएको हो ।

पुरा पढ्नुहोस्

पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड

मेचीकाली : 2018-09-04 13:31:07

तनहुँ, १९ भदौ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भन्नुभयो ।

पुरा पढ्नुहोस्

वर्षाले लाखौँ रुपैयाँ बराबरको काँचो इँटा नष्ट

मेचीकाली : 2018-04-24 07:57:31

तनहुँ, ११ वैशाख : केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पु¥याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ ।म्याग्दे गाउँपालिकामा रहेको पोख्रेली र माछापुच्छे« ब्रिक फ्याक्ट्रीमा उत्पादन गरिएको ठूलो परिमाणको काँचो इँटामा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको हो ।

पुरा पढ्नुहोस्

बस दुर्घटनामा एकको मृत्यु, एक घाइते

मेचीकाली : 2018-02-22 08:27:12

तनहुँ, १० फागुन : तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

मेचीकाली : 2017-11-02 13:49:44

दमौली, १६ कात्तिक : पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु