Saturday, 24 June 2017 10:53 pm, Nepal

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

मेचीकाली : 2017-05-13 13:43:27

दमौली, ३० वैशाख : तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

तनहुँ जलविद्युत् प्रभावितलाई मुआब्जा वितरण

मेचीकाली : 2017-05-10 08:14:04

दमौली, २७ वैशाख : तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने १४४ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई रु ३२ करोड ९५ लाख चारहजार ८७१ मुआब्जा वितरण गरिएको छ । १७० जना प्रभावितलाई सो रकम मुआब्जा वितरण गरिएको हो ।जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम भइरहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

‘मधेसको घटना दुःखद र निन्दनीय’

मेचीकाली : 2017-03-07 16:48:39

दमौली, २४ फागुन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने बताउनुभयो ।

पुरा पढ्नुहोस्

बलात्कारको आरोपमा एक पक्राउ

मेचीकाली : 2017-03-01 08:18:13

दमौली, १८ फागुन : तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो ।

पुरा पढ्नुहोस्

उनानसत्तरी मेगावाट क्षमताको विद्युतगृहबाट ३६ मेगावाट विद्युत उत्पादन

मेचीकाली : 2017-02-09 14:09:34

दमौली, २७ माघ : तनहुँको आँबुखैरेनी नगरपालिका–६ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् परियोजनाबाट ३६ मेगावाट मात्रै विद्युत् विद्युत् उत्पादन भएको छ । नदीमा पानीको बहाव कम हुँदै गएपछि सो विद्युत् गृहबाट ३३ मेगावाट मात्र विद्युत् उत्पादन भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु