Happy tihar
Friday, 20 October 2017 12:57 pm, Nepal

प्रयोगमा आएन अस्पतालको एक्स–रे मेसिन

मेचीकाली : 2017-10-02 10:41:34

गोरखा, १६ असोज : गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।

पुरा पढ्नुहोस्

माओवादी केन्द्रद्वारा नाम सिफारिस, नारायणकाजी गोरखा—२ बाट

रासस: 2017-09-22 09:13:01

गोरखा, ६ असोज : मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ । त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम प्रस्ताव गरिएको छ ।यस्तै, समानुपातिकतर्फ नेताहरु परशुराम रम्तेल, जगन्नाथ खनाल तथा सहरी विकास राज्यमन्त्रीसमेत रहेका छमबहादुर गुरुङको नाम प्रस्ताव गरिएको माओवादी केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहोस्

पर्व सुधार गर्ने भन्दै गोरखामा दशैँ मनाइयो

मेचीकाली : 2017-09-01 10:26:46

गोरखा, १६ भदौ : पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् । विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको हो । यहाँका खासगरी व्राम्हण, नेवार तथा अन्य जातिहरुले पनि २०६९ सालदेखि नियमित बर्षेनी दशैँ आउनुभन्दा करिब एक महिना पहिला नै दशैँको टीका लगाउँदै आएका छन् ।

पुरा पढ्नुहोस्

एक सय तेह्र विद्यालय पुनःनिर्माण

मेचीकाली : 2017-08-30 13:25:50

गोरखा, १४ भदौ : फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

४४ हजार भूकम्पपीडितले अनुदान बुझे पनि घर बनाउन बाँकी

मेचीकाली : 2017-08-08 16:17:39

गोरखा, २४ साउन : ‘गोरखा भूकम्प’ ले घर भत्किएपछि २८ महिनादेखि टहरामा बस्दै आएका दुई नगरपालिका र नौवटा गाउँपालिकाका ४४ हजार भूकम्पपीडितले घर बनाउन सुरु गरेका छैनन् । निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्ट, काठ) को सामान्यतया अभाव नरहे पनि अनुदान लिएको वर्ष दिनसम्म लाभग्राहीले घर नबनाउनाका मुख्य कारण इच्छाशक्ति नहुनु देखिन्छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु