Sunday, 19 August 2018 09:27 pm, Nepal

सरकारी सञ्चारमाध्यमको साधनस्रोत उपयोग गर्न सञ्चारमन्त्रीको आग्रह

मेचीकाली : 2018-07-29 17:52:25

पोखरा, १३ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पोखरास्थित राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेश कार्यालयको आज निरीक्षण गर्नुभएको छ । उहाँले कार्यालयको भौतिक अवस्था तथा यहाँबाट भइरहेका समाचार सेवा सम्बन्धमा जानकारी लिँदै सरकारी सञ्चारमाध्यमको साधनस्रोत एकीकृत गर्दै त्यसलाई उपयोग गर्न सकिनेमा जोड दिनुभयो ।

पुरा पढ्नुहोस्

निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक : अध्यक्ष प्रचण्ड

मेचीकाली : 2018-06-04 14:10:57

पोखरा, २१ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने हुनसक्छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

मणिपाल शिक्षण अस्पताल आजबाट सञ्चालनमा

मेचीकाली : 2018-06-01 10:41:01

पोखरा, १८ जेठ : कर्मचारीको आन्दोलनका कारण ईमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएको मणिपाल शिक्षण अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । अस्पताल व्यवस्थापनले ४ कर्मचारीलाई विनाआधार जागिरबाट निकालेको भन्दै नन टिचिङ स्टाफको आन्दोलनका कारण १० दिनदेखि अस्पतालमा ईमर्जेन्सी बाहेकका सेवा अवरुद्ध थियो ।

पुरा पढ्नुहोस्

छ वर्षपछि प्रतिवेदनअनुरुप फेवातालको अतिक्रमण रोकिँदै

मेचीकाली : 2018-04-30 15:44:57

वासुदेव पौडेल पोखरा, १७ वैशाख (रासस) : सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै यही क्रमले फेवाताल खुम्चँदै जाने र संरक्षण नहुने हो भने ७५ देखि एक सय वर्षभित्रमा यसको अस्तित्व नरहने उल्लेख गरेको थियो ।

पुरा पढ्नुहोस्

आलु महोत्सवमा ८० लाखको कारोवार

मेचीकाली : 2018-04-12 13:20:42

पोखरा, २९ चैत : कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ । महोत्सवको ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारको स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकन्छि ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु