Friday, 27 April 2018 10:33 am, Nepal

सेतो हिमाली गिद्ध मनाङमा रमाउँदै

मेचीकाली : 2018-03-10 16:18:44

मनाङ, २६ फागुन : उच्च हिमाली क्षेत्रमा हिमपातका कारण मरेका नाउर, घोरल, चौरीजस्ता जनावरको सिनो खाएर सेतो गिद्ध यहाँ रमाउने गरेका छन् ।सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र लागू भएपछि वन्यजन्तु संरक्षणमा यहाँ ठूलो उपलब्धि देखिएको छ । लोपउन्मुख जनावर हिउँ चितुवा, गिद्ध लगायतका वन्यजन्तुको चोरी सिकारीमा रोक लगाएपछि मनाङमा अहिले करीब २०० को हाराहारीमा गिद्ध देखिन थालेका छन् ।

पुरा पढ्नुहोस्

माइनस १६ डिग्री तापक्रममा मनाङको अवस्था

मेचीकाली : 2018-01-08 14:03:52

मनाङ, २४ पुस : देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।

पुरा पढ्नुहोस्

मनाङ प्रतिनिधिसभामा एमाले, प्रदेशमा काँग्रेस र स्वतन्त्र निर्वाचित

मेचीकाली : 2017-12-08 10:40:14

लमजुङ, २२ मंसिर : हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा (एमाले) र प्रदेशसभामा नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा (एमाले)का उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित हुनुभएको छ । नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहनुभएका नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित हुनुभएको हो ।

पुरा पढ्नुहोस्

हिमालपारीको जिल्ला मनाङमा हिमपात

मेचीकाली : 2017-12-06 10:59:17

मनाङ, २० मंसिर : हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । हिजोबिहान देखि परेको हिमपात अझै रोकीएको छैन । हिमपातका कारण स्थानीयको जनजीवन भने सामन्य रहेको छ । जिल्लाका माथिल्ला भेगहरुमा अत्याधिक जाडो बढेको छ । माथिल्लो मनाङमा पर्ने नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातले पर्यटक आवागमन तथा सवारी आवागनमा प्रभावित बनाएको छ ।

पुरा पढ्नुहोस्

चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

मेचीकाली : 2017-11-09 14:33:15

मनाङ, २३ कात्तिक : उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिरै पठनपाठन गराउँदै आएका छन् ।हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको बताउनुहुन्छ अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुली ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु