Monday, 21 May 2018 09:10 am, Nepal

जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरि हत्या

मेचीकाली : 2018-03-16 13:43:04

निजगढ, २ चैत : बाराको प्रसौनी गाँउपालिका–१ प्रसौनीमा भाई र ज्वाईको कुटपिटबाट विहीबार एक जनाको हत्या भएको छ। जग्गाको विषयलाई लिएर काका छोरा–छोरीज्वाईको कुटपिटबाट स्थानीय ५५ वर्षीय गणपत राउत पटेलको मृत्यु भएको हो । लामो समयदेखि उनीहरुवीच विवाद रहेको जग्गाको विषयमा विहीबार विहान झगडा भएको थियो।

पुरा पढ्नुहोस्

धुर्मुस–सुन्तलीले सन्तपुर बस्ती हस्तान्तरण गर्दै

मेचीकाली : 2018-02-06 10:08:06

रौतहट, २३ माघ : धुर्मुस–सुन्तली फाउण्डेसनले रौतहटमा निर्माण गरेको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदै छ । कलाकार जोडि सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा चन्द्रपुर नगरपालिका– ८ सन्तपुरमा बाढीपीडित मुसहर समुदायका लागि निर्माण गरेको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर एक समारोहका बीच समुदायलाई हस्तान्तरण गर्न लागिएको हो ।

पुरा पढ्नुहोस्

रौतहटमा ८ वर्षका बालकको हत्या

मेचीकाली : 2018-01-24 10:39:18

रौतहट, १० माघ : रौतहटको  राजपुर नगरपालिकाको बलुवाटोलमा हिजो एक बालकको हत्या भएको छ । बलुवाटोलका भिखारी देवानका ८ बर्षिय छोरा मफजुल देवानको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान नजिकैको बगंैचामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पुरा पढ्नुहोस्

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

मेचीकाली : 2017-12-05 12:58:50

रौतहट, १९ मंसिर : रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

मेचीकाली : 2017-11-12 13:09:16

रौतहट, २६ कात्तिक : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ । जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँुदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन् । तस्करको एउटा गिरोह रातिराति सालका गोलिया काठ चोरिरहेका छन् भने अर्कोतर्र्फ एउटा ठूलो समूह दैनिक दर्जनौँ हरिया रुख काटेर दाउराका रुपमा ढुुवानी गरिरहेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु