Saturday, 24 June 2017 11:01 pm, Nepal

रमजान पर्वको बीच चुनाव परेपछि मुस्लिम समुदाय असन्तुष्ट

मेचीकाली : 2017-04-25 11:34:46

रौतहट, १२ वैशाख : मुस्लिम समुदायको एक महिनासम्म चल्ने पवित्र रमजान पर्वको बीचमै स्थानीय तहको दोश्रो चरणको निर्वाचन घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय केहि असन्तुष्ट देखिएका छन । रमजानको अवधिमा स्थानीय तह निर्वाचनको सम्पूर्ण कार्यक्रम पर्न गएकोमा मुस्लिम समुदायमा उत्साहभन्दा बढी उदासिनता देखिएको मुस्लिम अगुवाहरुको भनाइ रहेको छ ।

पुरा पढ्नुहोस्

रौतहटमा मौरी पालन गर्नेहरु बढ्दै

मेचीकाली : 2016-09-22 08:55:51

रौतहट, ६ असोज : पछिल्लो समय जिल्लामा मौरी पालन गर्ने किसानको संख्या बढ्दै जान थालेको छ । जिल्ला कृषि विकास कार्यलय रौतहटको मौरी पालन सम्बन्धी कार्यक्रम अन्तरगत किसानहरु लाइ  ५० प्रतिशत अनुदानमा  घार उपलब्ध गराएकाले पनि किसानहरु व्यवसायिक मौरी पालन तर्फ आकर्षित भई रहेका छन ।

पुरा पढ्नुहोस्

तेह्र करोड राजस्व सङ्कलन

मेचीकाली : 2016-09-05 17:03:25

रौतहट, २० भदौ : जिल्ला करदाता सेवा कार्यालयले गत आर्थिक वर्षमा रु १३ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव ७२/७३ मा आयकर तर्फ रु ६ करोड २३ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु चार करोड ८७ लाख ६६ हजार, घरबहाल करतर्फ रु ४० लाख ५४ हजार सङ्कलन भएको छ ।

पुरा पढ्नुहोस्

खाल्डोमा डुबेर नावालकको मृत्यु

मेचीकाली : 2016-07-06 08:51:00

रौतहट, २२ असार : रौतहटको मध्यभाग मौलापुर जयनगर सडक छेउको खाल्डोमा जमेको पानीमा डुबेर एकजना आठ बर्षिय नाबालकको मृत्यु भएको छ । पतौरा गाविस वडा नम्बर ८ मौलापुर टोलका रामबृक्ष महतोका आठ बर्षिय छोरा राजकरन महतोको डुबेर मृत्यु भएको हो । बाटो निर्माणका लागी सडक छेउमा खाल्डो खनिएको थियो ।

पुरा पढ्नुहोस्

विद्यालय व्यवस्थापन समितिको चुनावमा झडप, चार घाईते

मेचीकाली : 2016-06-09 08:45:55

रौतहट, २७ जेठ : रौतहटको धरहरी गाविसस्थित जयकिसान उच्च माविमा विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा गएराती भएको दुईपक्षिय झडपमा चारजना घाईते भएका छन । झडपमा गम्भिर घाईते धरहरी १ का टँईट पण्डित र सम्भु साहलाई राती नै उपचारको लागि एम्बुलेन्सबाट बिरगंज पठाईएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु