dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रदर्शनका कारण कलैयामा तनाब

मेचीकाली : 2015-12-30 17:37:42

काठमाडौं, १५ पुस : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बाराको कलैयामा रहेको काँग्रेस र एमालेको पार्टी कार्यालय तोडफोड गरेपछि कलैयाको स्थिती तनाबपूर्ण भएको छ । मोर्चाले निकालेको लाठी जुलुसले पार्टी कार्यालय तोडफोड गर्न थालेपछि त्यसलाई हटाउन प्रहरीले १ राउण्ड हवाई फायर र ७ राउण्ड अश्रु ग्यास समेत चलाएको छ ।

पुरा पढ्नुहोस्

एक लाख मेट्रिक टन धान उत्पादन

मेचीकाली : 2015-11-24 13:39:03

कलैया, ८ मंसिर : बारा जिल्लामा कृषकले आव २०७२/७३ मा एक लाख दुई हजार ३१२ मेट्रिक टन चैते र भदैया धान उत्पादन गरेका छन् । चैते र भदैया धान खेती कुल २२ हजार ६१० हेक्टर क्षेत्रफलमा लगाइएको थियो । कलैया बजारमा उक्त धान प्रति क्विन्टल रु एक हजार ५०० देखि रु एक हजार ७०० मा बिक्री भइरहेको छ ।

पुरा पढ्नुहोस्

तीन ट्रकमा आगजनी

मेचीकाली : 2015-09-12 13:51:50

कलैया, २६ भदौ : मनहरा गाविसस्थित रिलाइन्स सुगर मिलबाट उत्पादित रु ३२ लाख बराबरको चिनी लादिएको तीन वटा ट्रकमा आज बिहान करिब ३ः३० बजे २५–३० जना आन्दोलनकारी समूहले आगजनी गरेको छ ।

पुरा पढ्नुहोस्

एक लाख दुई हजार मेट्रिक टन गहुँ उत्पादन

मेचीकाली : 2015-04-16 14:20:32

कलैया, ३ वैशाख : बारामा गत वर्ष करिब एक लाख दुई हजार मेट्रिक टन गहुँ उत्पादन भएको छ ।कृषि कार्यालयका प्रमुख जितेन्द्र यादवका अनुसार गत वर्ष कृषकले कुल २९ हजार ५० हेक्टर क्षेत्रफलमा भृकुटी, २९७, अच्यूत र विजय जातको गरी कुल एक लाख एक हजार ६७५ मेट्रिक टन गहुँ उत्पादन गरेका थिए ।

पुरा पढ्नुहोस्

बालिका बलात्कारपछि हत्या गर्नेलाई ३५ बर्ष कैद

मेचीकाली : 2015-03-17 18:54:35

-सर्वस्वसमेत हुने

बारा, ३ चैत : बारा कलैयाकी ७ बर्षीया पुजाकुमारी साहको बलात्कार गर्ने कलैया ४ का २८ बर्षीय कन्हैया गुप्तालाई जिल्ला अदालत बाराले ३५ बर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश लिप्तबहादुर थापा क्षेत्रीको इजलासले आज त्यस्तो सजाय सुनाएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु