dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

दुर्घटनामा चारको मृत्यु

मेचीकाली : 2016-12-10 14:05:22

सिमरा (बारा), २५ मङ्सिर : बारामा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जन्ती बोकेर वीरगन्जबाट हेटाँैडातर्फ गइरहेको ना ६ क ७६५४ नं. को बस र हेटाँैडाबाट पूर्वतर्फ जाँदै गरेको बा १२ च ८२९० नं.को कार बाराको पथलैया अमलेखगन्ज सडकखण्डको अदाभारमा आज बिहान ७ बजेर ३० मिनेट जाँदा एकआपसमा ठोक्किन पुग्दा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

पतंजली आयुर्वेद उद्योगको उद्घाटन

मेचीकाली : 2016-11-24 08:40:11

 बारा, ९ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताबाट शुरु भएको योगको विकास र विस्तारले सबैलाई स्वस्थ राख्ने बताउनु भएको छ । कलैया–वीरगन्ज सडक खण्डको प्रसौनीमा निर्माण हुन लागेको पंतंजली आयुर्वेद उद्योग उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । पछिल्लो समय विभिन्न कारणले मानिसको स्वास्थ्यमा समस्या बढी देखिरहेको अवस्थामा योगको अभ्यास गरेर स्वस्थ हुन सकिने बताउनुभयो ।

पुरा पढ्नुहोस्

केडिया अपहरण घटनामा हवल्दारसहित चार जना निलम्बित

मेचीकाली : 2016-06-03 13:54:58

कलैया, २१ जेठ : मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बित गरेको छ । केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बित गरिएको हो ।

पुरा पढ्नुहोस्

सांसद खातुनसहित १९ जनामाथि मुद्दा दायर

मेचीकाली : 2016-04-29 13:49:27

कलैया, १७ वैशाख : नेपाल बार एसोसिएसन बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुव्र्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उहाँविरुद्ध अभद्र व्यावहार गरेको थियो ।

पुरा पढ्नुहोस्

चीनसँग भएका सम्झौताले दूरगामी महत्व राख्ने प्रचण्डको भनाई

मेचीकाली : 2016-03-25 17:52:09

बारा, १२ चैत : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताले दूरगामी महत्व राख्ने बताउनु भएको छ । आज सिमरा बिमानस्थलमा पत्रकारहरुसंग कुराकानीको क्रममा उहाँले प्रधानमन्त्री केपी ओलीले गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध राम्रो हुने वातावरण बनाएको बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु