dashain
Wednesday, 17 October 2018 03:40 pm, Nepal

गहुँ उत्पादनमा कमी

मेचीकाली : 2017-04-25 16:02:04

कलैया, १२ वैशाख : यस वर्ष जिल्लामा गत वर्षको तुलनामा गहुँ उत्पादनमा कमी आएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ २४ हजार ८२१ मेट्रिक टन कम उत्पादन भएको छ ।यस वर्ष गहुँ लगाएको क्षेत्रफल घटेका कारण तथा समय समयमा असिना पानी परेकाले उत्पादनमा कमी आएको हो ।

पुरा पढ्नुहोस्

आठ सय बालबालिका कुपोषित

मेचीकाली : 2017-01-22 14:50:57

कलैया, ९ माघ : जिल्ला जनस्वास्थ्य कार्यालय बाराले आव ०७२/७३ मा दुई वर्षमुनिका १८ हजार आठ सय १० बालबालिकाको तौल परीक्षण गर्दा ४.२८ प्रतिशत अर्थात् आठ सय छ जनामा कुपोषण देखिएको छ । कार्यालय प्रमुख रोशनलाल चौधरीका अनुसार बारा खाद्यान्न, दूध, माछा र मासु उत्पादनमा आत्मनिर्भर मानिन्छ । सो कार्यालयको गत आव ०७१/७२ को तथ्याङ्कानुसार भने ५.०६ प्रतिशत कुपोषित रहेको कार्यालयका तथ्याङ्क प्रमुख रामनरेश यादवले बताउनुभयो ।

पुरा पढ्नुहोस्

बारामा यस वर्ष धान उत्पादन वृद्धि

मेचीकाली : 2017-01-08 13:43:12

कलैया, २४ पुस : बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३/७४ भदैया, अगहनी धान खेती गत वर्षभन्दा यस वर्ष आठ हजार ६ सय ६८ मेट्रिक टन उत्पादन वृद्धि भएको छ । कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष जिल्लाका कृषकले भदैया र अगहनी धान कुल एक लाख ८५ हजार पाँच सय चार मेट्रिक टन धान उत्पादन भएको हो ।

पुरा पढ्नुहोस्

उखु क्रसिङ सुरु

मेचीकाली : 2016-12-29 17:11:57

कलैया, १४ पुस : बारा जिल्ला मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले उखु क्रसिङ गर्ने कार्य बुधबारदेखि सुरु गरेको छ । उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार बारा, पर्सा जिल्लाका कृषकले करिब चार हजार २५६ बिगाहा जमिनमा उत्पादित उखु खरिद गरी करिब ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य उद्योगले लिएको र १३ ठाउँमा उखु खरिद केन्द्र राखिएको छ ।

पुरा पढ्नुहोस्

दुई सय ५० मेट गहुँ बीउ वितरण

मेचीकाली : 2016-12-28 14:17:07

कलैया, १३ पुस : बारा जिल्लामा चालु आव ०७३/७४ का लागि गहुँखेती गर्न बीउबिजन कम्पनी हेटौँडाले दुई सय ५१ मेट्रिक टन गहुँको बीउ २२ डिलरमार्फत किसानलाई उपलब्ध गराएको छ ।कम्पनीले उपलब्ध गराएको अनुदान बीउ करिब रु एक करोड १२ लाख ९५ हजार बराबरको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु