Tuesday, 26 September 2017 08:19 pm, Nepal

पर्सामा मतदान शान्तिपूर्ण

मेचीकाली : 2017-09-18 08:21:01

वीरगञ्ज, २ असोज : पर्सा जिल्लामा आज बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्णरुपमा शुरु भएको छ । वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

पर्सामा चुनावी चहलपहल बढ्यो

मेचीकाली : 2017-08-27 13:51:39

वीरगञ्ज, ११ भदौ : नेपालको संविधानमा रहेका केही अन्तरवस्तुप्रति बिमति जनाउँदै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) पनि प्रदेश नं २ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनमा भाग लिने भएपछि यस क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ । राजपा पनि चुनावमा जाने भएपछि यस प्रदेशमा स्थानीयतहको चुवान हुन्छ कि हुँदैन भन्ने दोधारमा रहेका मतदाता तथा विभिन्न दलका स्थानीय नेताले आ—आफ्ना चुनावी अभियानलाई तीव्रता दिँदै मतदाताको घरदैलोसम्म पुग्न थालेका छन् ।

पुरा पढ्नुहोस्

रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित

मेचीकाली : 2017-08-26 13:04:02

वीरगञ्ज, १० भदौ : भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।

पुरा पढ्नुहोस्

माछा सुपरजोनमा ५० करोडको क्षति

मेचीकाली : 2017-08-19 13:25:00

वीरगञ्ज, ३ भदौ : बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो ।

पुरा पढ्नुहोस्

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

मेचीकाली : 2017-08-16 10:50:51

वीरगञ्ज, ३२ साउन : विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ । पर्सा जिल्लाका पश्चिम क्षेत्रमा रहेको दुर्गम गाउँ मिर्जापुर, सम्झौता, जयमंगलपुर, भिश्वा, जानकिटोला, भिखमपुर, बन्जारेलगायतका गाउँका बाढीपीडित झाडापखाला, विषमज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउचिलाउने रोगबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु