dashain
Monday, 15 October 2018 04:38 pm, Nepal

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध

मेचीकाली : 2018-04-08 13:17:08

चितवन, २५ चैत : गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे

मेचीकाली : 2018-04-06 10:58:55

चितवन, २३ चैत : शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् । करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिनुभयो । कुन रोग लागेको भन्ने पहिचान भने भएको छैन ।

पुरा पढ्नुहोस्

गैंडाका लागि ‘कृत्रिम ताल’

मेचीकाली : 2018-04-03 17:04:46

चितवन, २० चैत : सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ताल’मा पम्पसेटमार्फत पानीको व्यवस्थापन गरिएको सामुदायिक वनको अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीको दबाब

मेचीकाली : 2018-03-23 13:48:53

चितवन, ९ चैत : जिल्लाको कालिका नगरपालिका–९ कोलारमा रहेको चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीले दबाब दिएका छन् । खानेपानी, सिँचाइका स्रोत नष्ट हुने र ऐतिहासिक महत्व बोकेको उपरदाङगढी धरापमा पर्ने भन्दै उनीहरुले बन्द गर्न दबाब दिएका हुन् । कालिका नगरपालिका–९ का वडाध्यक्ष हिमबहादुर क्षेत्रीले चुनढुंगा खानीले समग्र क्षेत्रमा प्रभाव हुने भन्दै स्थानीयवासीले विरोध जनाएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे

मेचीकाली : 2018-03-20 14:02:19

चितवन, ६ चैत : राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु