dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

मेचीकाली : 2018-04-19 13:18:09

चितवन, ६ वैशाख : गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिनुहुँदै उहाँले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो “सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।”

पुरा पढ्नुहोस्

चुनाव चिन्हको विषय टुंगिएको छैन : अध्यक्ष दाहाल

मेचीकाली : 2018-04-18 13:10:31

चितवन, ५ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ ।प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द

मेचीकाली : 2018-04-15 10:06:54

चितवन, २ वैशाख  : निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आयोजनाले हिजो एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।

पुरा पढ्नुहोस्

अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछ : अध्यक्ष दाहाल

मेचीकाली : 2018-04-12 16:27:22

चितवन, २९ चैत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उहाँले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गर्नुभयो ।

पुरा पढ्नुहोस्

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

मेचीकाली : 2018-04-09 09:19:54

चितवन, २६ चैत : चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु