dashain
Wednesday, 17 October 2018 12:43 am, Nepal

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

मेचीकाली : 2018-05-04 18:11:40

चितवन, २१ वैशाख :आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो ।मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

केरा फाँडेको आरोपमा तीन पक्राउ

मेचीकाली : 2018-05-03 16:05:30

चितवन, २० वैशाख : पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिनुभयो । उनीहरुको पहिचान भने खुलाइएको छैन ।

पुरा पढ्नुहोस्

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

मेचीकाली : 2018-04-26 13:14:23

चितवन, १३ वैशाख : चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

छिमेकी जिल्ला समेटेर एकीकृत विकास ः अध्यक्ष दाहाल

मेचीकाली : 2018-04-25 14:31:49

चितवन, १२ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ ।प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताउनुभयो ।

पुरा पढ्नुहोस्

वनविज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह

मेचीकाली : 2018-04-25 14:29:33

चितवन, १२ वैशाख : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको प्रथम दीक्षान्त समारोह हुने भएको छ ।यही वैशाख २१ गते हुने सो समारोहबाट ३१२ जना विद्यार्थी दीक्षित हुने छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु