dashain
Wednesday, 17 October 2018 07:22 am, Nepal

नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण

मेचीकाली : 2018-05-24 13:59:53

चितवन, १० जेठ : नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ ।

पुरा पढ्नुहोस्

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

मेचीकाली : 2018-05-17 10:02:06

चितवन, ३ जेठ : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार बिहान ५ बजेर ४५ मिनेटमा सडकमा पहिरो खसेको हो ।

पुरा पढ्नुहोस्

केरा व्यवसायमा २० करोड भन्दा बढीको क्षति

मेचीकाली : 2018-05-12 08:48:46

चितवन, २९ वैशाख : चितवनमा  हावाहुरीको कारण २० करोड बराबरको  केराबाली क्षति नष्ट पुगेको छ । केराको पकेट क्षेत्र पूर्वी चितवनको कालिका नगरपालिका स्थित पदमपुर, जुटपानी, रत्ननगरको माधवपुर, जिरौनामा  हावाहुरी, असिना पानी आएसँगै केराबालीमा क्षती पुगेको हो ।

पुरा पढ्नुहोस्

उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी

मेचीकाली : 2018-05-10 16:58:33

चितवन, २७ वैशाख : औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा रु दुई खर्बभन्दा बढी लगानी भएको पाइएको छ । व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ ।

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा बाबु छोराको मृत्यु

मेचीकाली : 2018-05-06 08:40:46

चितवन, २३ वैशाख : भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु