Friday, 27 April 2018 10:30 am, Nepal

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

मेचीकाली : 2018-04-26 13:14:23

चितवन, १३ वैशाख : चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

छिमेकी जिल्ला समेटेर एकीकृत विकास ः अध्यक्ष दाहाल

मेचीकाली : 2018-04-25 14:31:49

चितवन, १२ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ ।प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताउनुभयो ।

पुरा पढ्नुहोस्

वनविज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह

मेचीकाली : 2018-04-25 14:29:33

चितवन, १२ वैशाख : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको प्रथम दीक्षान्त समारोह हुने भएको छ ।यही वैशाख २१ गते हुने सो समारोहबाट ३१२ जना विद्यार्थी दीक्षित हुने छन् ।

पुरा पढ्नुहोस्

सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

मेचीकाली : 2018-04-19 13:18:09

चितवन, ६ वैशाख : गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिनुहुँदै उहाँले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो “सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ ।”

पुरा पढ्नुहोस्

चुनाव चिन्हको विषय टुंगिएको छैन : अध्यक्ष दाहाल

मेचीकाली : 2018-04-18 13:10:31

चितवन, ५ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ ।प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु