Thursday, 18 January 2018 03:19 pm, Nepal

नारायणगढ–मुग्लिन सडक, रातिदेखि यातायात बन्द

मेचीकाली : 2018-01-02 14:12:39

चितवन, १८ पुस : नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पुरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैनः दाहाल

मेचीकाली : 2017-12-24 13:56:27

चितवन, ९ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज यहाँ निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

इँटा खसेर एकको मृत्यु, ८ घाइते

मेचीकाली : 2017-12-13 10:52:15

चितवन, २७ मंसिर : चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर रोल्पा घर भएका ४० वर्षीया संगीता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पुरा पढ्नुहोस्

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए ः अध्यक्ष दाहाल

मेचीकाली : 2017-12-11 13:27:23

चितवन, २५ मंसिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले अब देश समृद्धितर्फ अघि बढेको बताउनुभयो । वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उहाँले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात : अध्यक्ष दाहाल

मेचीकाली : 2017-12-07 11:33:33

चितवन, २१ मंसिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको शुरुवात भएको बताउनुभएको छ । जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु