Wednesday, 26 September 2018 08:59 am, Nepal

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

मेचीकाली : 2018-09-02 13:54:24

– सञ्चिता घिमिरे

ललितपुर, १७ भदौ (रासस): पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाँै उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् ।

पुरा पढ्नुहोस्

हराउँदै धानका स्थानीय बीउ

मेचीकाली : 2018-06-10 14:40:32

ललितपुर, २७ जेठ : तीन दशक पहिलेसम्म चितवान जिल्लामा ३१२ जातका धान किसानले रोप्थे । अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन् । स्थानीय जात नै लगाउँछु भनेर किसानले खोज्दासमेत पाउने अवस्था छैन । चितवानमा मात्रै होइन देशका अधिकांश क्षेत्रमा उन्नत र हाइब्रिड जातको धानको बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जात हराउँदै हो ।

पुरा पढ्नुहोस्

धानखेतीमा जलवायु परिवर्तनको असर

मेचीकाली : 2018-05-28 13:25:22

ललितपुर, १४ जेठ : सुनाकोठीका हरी महर्जनलाई गत चैतदेखि अर्थात् वर्षा पहिले नै पानी परिरहेकाले कतै असारमा सुक्खा भएर धान रोप्न नपाइने हो कि भन्ने चिन्ता छ । पहिले पहिले वैशाख– जेठमा गर्मी र असार लागेपछि वर्षा शुरु हुन्थ्यो । अहिले कुन महिनामा कस्तो मौसम हुन्छ भन्ने टुङ्गो छैन । त्यसैले असारमा पानी नै नपरेर सुक्खा हुँदा रोपाइँ गर्न नपाइने हो कि भन्ने महर्जन चिन्ता गर्नुहुन्छ ।

पुरा पढ्नुहोस्

बासनादार धानको अध्ययन गर्दै नार्क

मेचीकाली : 2018-05-24 14:00:28

ललितपुर, १० जेठ : नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ । नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन ।

पुरा पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको यात्राका विषयमा आज विचारपूजा

मेचीकाली : 2018-05-16 08:44:29

ललितपुर, २ जेठ : रातो मच्छिन्द्रनाथको यात्राका विषयमा आज ललिपुरको बुङ्मतीमा विचार पूजा गरिँदै छ । के कसो भयो भनेर जान्न पूजा गर्न लागिएको हो । वैशाख ३० गते जावलाखेलमा भोटोजात्रा सम्पन्न गरिएपछि नाथलाई तामदानीमा राखेर जावलाखेलबाट बुङ्मति लगिएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु