Happy tihar
Friday, 20 October 2017 12:56 pm, Nepal

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

मेचीकाली : 2017-10-20 07:52:53

भक्तपुर, ३ कात्तिक : कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन् ।

पुरा पढ्नुहोस्

निर्वाचनलाई सबै मिलेर सफल पारौँ: सञ्चारमन्त्री बस्नेत

मेचीकाली : 2017-10-18 18:07:21

भक्तपुर, १ कात्तिक : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै मिलेर सफल पार्नुपर्ने बताउनु भएको हो । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने – “स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, देशमा पूर्ण रूपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी छ, त्यसैले देशको महत्वपूर्ण दोस्रो चाड एवं पर्वको रूपमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नुपर्छ ।”

पुरा पढ्नुहोस्

रेडक्रसले नयाँ सांगठनिक संरचना बनाउने

मेचीकाली : 2017-10-14 12:42:29

नगरकोट, २७ असोज : नेपालको नयाँ संरचनानुसार रेडक्रसको विधानलाई परिमार्जन गर्ने र नयाँ मानवीय चुनौतीलाई आत्मसात् गर्दै मानवीय गतिविधिलाई अझ प्रभावकारी बनाउने निर्णय नेपाल रेडक्रस सोसाइटीले गरेको छ ।सोसाइटीको बिहीबार नगरकोटमा सम्पन्न दुईदिने वार्षिक समीक्षा बैठकले स्थानीय तहसँगको सहकार्य बढाउन कानूनी र नीतिगत आधार तथा सामुदायिक सहभागिता बढोत्तरी गर्न आधार तयार गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहोस्

प्रजापति समुदायलाई पाला बनाउन भ्याइनभ्याई

मेचीकाली : 2017-10-12 14:05:59

भक्तपुर २६ असोज : तिहार आउनैलाग्दा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ । तिहार नजिक आइसकेकाले यहाँका पाला बनाउने कुमाले समुदायका सिंगो परिवार पाला बनाउन र बिक्री गर्नमै व्यस्त छन् । भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचो लगायतका स्थानका प्रजापति समुदाय यतिखेर तिहारका लागि आवश्यक पाला व्यस्त छ ।

पुरा पढ्नुहोस्

आगलागीबाट करिब चार लाखको क्षति

मेचीकाली : 2017-10-05 13:30:39

भक्तपुर, १९ असोज : भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा रु तीन लाख ६८ हजार बराबरको धनमाल क्षति भएको छ । उदयपुर लेखगाउँ–२ घर भई हाल रेदिहाङ खाजा पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर राईको खाजा पसलमा आज बिहान ग्यास सिलिण्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु