Friday, 27 April 2018 10:31 am, Nepal

भूकम्पको तीन वर्ष : दक्ष जनशक्ति र झन्झटिलो सरकारी अनुदानले पुनःनिर्माणमा कठिनाइ

मेचीकाली : 2018-04-26 13:13:12

– कालिका खड्का

काठमाडौँ, १३ वैशाख : भूकम्प कारण विनास भएका निजी आवास पुनःनिर्माण गर्न दक्ष जनशक्तिको अभाव र सरकारद्वारा अनुदान रकम दिन निकै झन्झटिलो भएका कारण घर निर्माणमा कठिनाइ देखिएको छ । तीन वर्षअघि वैशाख १२ र २९ गते गएको भूकम्पले दोलखाको सदरमुकामका अधिकांश घर भत्काएको थियो । सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा नष्ट भएको थियो ।

पुरा पढ्नुहोस्

महिला तथा बालिकामाथि बलात्कारका घटना बढेको तथ्याङ्क

मेचीकाली : 2018-04-26 10:29:01

काठमाडौं, १३ वैशाख : गएको एक महिनाको अवधिमा ३६ जना महिला तथा बालिकामाथि बलात्कार भएको तथ्य सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र ओरेकले गएको चैत महिनामा मात्रै ३५ जना भन्दा बढी महिला तथा बालिकामाथि बलात्कार भएको तथ्य सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस्

कांग्रेस बैठकमा चुनावी हारको समीक्षा जारी

मेचीकाली : 2018-04-26 10:28:05

आरोप–प्रत्यारोप पनि कायमै

काठमाडौं, १३ वैशाख : नेपाली कांगेसको केन्द्रीय कार्यसमीती बैठकमा चुनावमा कांग्रेसले व्यहोर्नु परेको हारको बारेमा छलफल चलिरहेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिजो लिखित प्रस्ताव पेश गर्नु भएको छ । चुनावी हारको कारण सहित शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा ‘कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोडम्याप’ पेश गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ – प्रम ओली

मेचीकाली : 2018-04-25 14:28:53

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

विनाशको त्यो दिन !

मेचीकाली : 2018-04-25 08:03:43

भुकम्प गएको तीन बर्ष बित्दा पनि पीडितको हालत उस्तै

काठमाडौं, १२ वैशाख : देशका एक दर्जन भन्दा बढी जिल्लालाई तहसनहस बनाउने गरी गएको गोर्खा भूकम्पको आज तीन वर्ष पूरा भएको छ । ठीक तीन वर्ष अगाडि आजैका दिन अर्थात् २०७२ साल वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेटमा गोर्खाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ६ रेक्टरको भूकम्पले धेरै जिल्लालाई तहस नहस बनाइदिएको थियो । करिब नौ हजार मानिसको मृत्यु भएको उक्त भूकम्पमा २२ हजारभन्दा बढी घाइते बनेका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु