Tuesday, 26 September 2017 08:18 pm, Nepal

धादिङको घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना एकको मृत्यु, ३१ जना घाईते

मेचीकाली : 2017-09-12 08:46:41

धादिङ, २७ भदौ :  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

काभ्रेमा ६५ प्रतिशत रोपाईं सम्पन्न

मेचीकाली : 2017-07-19 19:00:33

काभ्रे, ४ साउन : साउनको पहिलो हप्ता पुग्दा काभ्रेमा वर्षे धान खेति हुने करिब ६५ प्रतिशत खेतमा रोपाँई सकिएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेले सोमबारसम्म जिल्लाको करिब ६५ प्रतिशत खेतमा रोपाँई भएको जनाएको छ । कार्यालयका कृषि प्रसार अधिकृत कृष्ण धितालले पनौती, नाला, धुलिखेल, पात्लेखेत, शिखरआम्बोटे, रविओपी, भकुण्डेमा रोपाँई भएको छ भने महादेवस्थानमा रोपाँई अन्तिम अवस्थामा पुगेको बताए ।

पुरा पढ्नुहोस्

ट्रक दुर्घटनामा तीनको मृत्यु

मेचीकाली : 2017-06-23 13:29:23

धादिङ, ९ असार : पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडाँैबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दी खोलामा पल्टिँएर दुर्घटना भएको हो ।

पुरा पढ्नुहोस्

बिचौलियाका कारण किसान मारमा

मेचीकाली : 2017-06-20 15:58:16

दार्खा (धादिङ), ६ असार : उपभोक्ताले तिरेको मूल्यको ५० प्रतिशतमात्र तरकारी उत्पादक किसानले पाउन सके यहाँका किसानको आम्दानी तीन गुणाले बढ्ने एक सर्वेक्षणले देखाएको छ । तरकारी उत्पादक किसान, खुद्रा तरकारी विक्रेता र उपभोक्ताबीच गरिएको एक सर्भेक्षणअनुसार उपभोक्ताले तिरेको मूल्यको झन्डै तीनगुणा कम मूल्य तरकारी उत्पादक किसानले पाउने गरेका छन् ।

पुरा पढ्नुहोस्

आठौं इपिएस भाषा परिक्षा आजबाट

मेचीकाली : 2017-06-10 08:28:53

काठमाडौं, २७ जेठ : रोजगार अनुमति प्रणाली ईपीएसको आठौं भाषा परीक्षा आजबाट काठमाडौंका सुरु भएको छ । आज र भोली गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरेको छ । ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु