Tuesday, 26 September 2017 11:52 pm, Nepal

अपडेट : काभ्रेको रोशी ३ मा फेरि अर्को दुर्घटना

मेचीकाली : 2017-09-26 19:26:36

दुईवटा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

काभ्रे, १० असोज : काभ्रेको रोशी गाउँपालिका ३ शिखर आम्बोटेमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठ जनाले ज्यान गुमाएका छन् । रोशी गाउँपालिका ३ शिखर आम्बोटेको निगालेमा बिहान भएको बोलेरो जीप दुर्घटनामा ७ जनाको ज्यान गएको हो । बनेपाबाट डाँडापारिको गोकुले जाँदै गरेको बा १४ च ९५५६ नंवरको जीप दुर्घटना हुँदा अन्य ९ जना घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

अपडेट : काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु (मृतकको नामावलीसहित)

मेचीकाली : 2017-09-26 13:24:44

एक जना अझै वेपत्ता

काभ्रे, १० असोज : काभ्रेको रोशी गाउँपालिका ३ शिखर आम्बोटेमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बनेपाबाट डाँडापारिको गोकुले जाँदै गरेको बा १४ च ९५५६ नंवरको जीप दुर्घटना हुँदा अन्य ९ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जीपमा अन्दाजी १६ जना सवार रहेका थिए ।

पुरा पढ्नुहोस्

यो बर्ष पनि नबन्ने भयो काभ्रेमा कारागार भवन

मेचीकाली : 2017-09-23 11:06:12

काभ्रे ७ असोज : काभ्रेको धुलिखेलमा जिल्ला कारागार कार्यालयको भवन निर्माण हुने चर्चा चलेपनि भवन निर्माणको काम यस वर्षपनि रोकिएको छ । कैदीबन्दीका लागि सुधार गृहको रुपमा निर्माण गर्न लागिएको कारागार भवन निर्माणको लागि धुलिखेल नगरपालिकाले जग्गा उपलब्ध नगराउने भएपछि धुलिखेलमा कारागारको भवन निर्माण नहुने पक्का भएको हो ।

पुरा पढ्नुहोस्

धुलिखेलका चोक–चोकमा फ्रि वाईफाई

मेचीकाली : 2017-09-14 08:25:17

काभ्रे, २९ भदौ : धुलिखेल नगरपालिकाले पहिलो चरणमा धुलिखेलका विभिन्न चोकहरुमा पर्यटक केन्द्रित फ्रि वाईफाई सेवा शुरु गर्ने भएको छ । केहि वडा कार्यालयहरुमा शुरु गरिसएिको फ्रि वाईफाई सेवालाई धुलिखेल नगरपालिकाले ब्यस्त बजार तथा पर्यटकहरु जम्मा हुने स्थानमा शुरु गर्न लागिएको हो । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई हरेक हिसावले नगरबासीमैत्री बनाउन सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी जस्ता क्षेत्रमा नगरपालिकाले लगानी शुरु गरिसकेको बताए ।

पुरा पढ्नुहोस्

सुरु भयो बनेपा महोत्सव

मेचीकाली : 2017-09-13 19:36:50

काभ्रे, २८ भदौ : आगामी दशैंलाई लक्षित गर्दै आयोजना गरिएको बनेपा महोत्सव आजबाट बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा सुरु भएको छ । महोत्सवको सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । उद्योग राज्य मन्त्री रेशम लामाको विशेष आतिथ्यता रहेको उद्घाटन कार्यक्रम आयोजक बनेपा व्वाइज क्लब बिबिसी बनेपाका अध्यक्ष महेश कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु