Wednesday, 20 September 2017 06:37 pm, Nepal

धुलिखेलका चोक–चोकमा फ्रि वाईफाई

मेचीकाली : 2017-09-14 08:25:17

काभ्रे, २९ भदौ : धुलिखेल नगरपालिकाले पहिलो चरणमा धुलिखेलका विभिन्न चोकहरुमा पर्यटक केन्द्रित फ्रि वाईफाई सेवा शुरु गर्ने भएको छ । केहि वडा कार्यालयहरुमा शुरु गरिसएिको फ्रि वाईफाई सेवालाई धुलिखेल नगरपालिकाले ब्यस्त बजार तथा पर्यटकहरु जम्मा हुने स्थानमा शुरु गर्न लागिएको हो । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई हरेक हिसावले नगरबासीमैत्री बनाउन सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी जस्ता क्षेत्रमा नगरपालिकाले लगानी शुरु गरिसकेको बताए ।

पुरा पढ्नुहोस्

सुरु भयो बनेपा महोत्सव

मेचीकाली : 2017-09-13 19:36:50

काभ्रे, २८ भदौ : आगामी दशैंलाई लक्षित गर्दै आयोजना गरिएको बनेपा महोत्सव आजबाट बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा सुरु भएको छ । महोत्सवको सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । उद्योग राज्य मन्त्री रेशम लामाको विशेष आतिथ्यता रहेको उद्घाटन कार्यक्रम आयोजक बनेपा व्वाइज क्लब बिबिसी बनेपाका अध्यक्ष महेश कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

पुरा पढ्नुहोस्

बनेपामा महिलाको सामूहिक बलात्कारपछि ज्यान गएको खुलासा

मेचीकाली : 2017-09-06 16:04:59

घटनामा संलग्न ६ जना पक्राउ

काभ्रे, २१ भदौ : भदौ १३ गते बनेपा नगरपालिका–८ स्थित पुण्यमाता खोला किनारको मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको सामुहिक बलात्कारपछि हत्या भएको रहस्य खुलेको छ । बनेपा नगरपालिका– १० बस्ने ५७ वर्षिया नानु आले मगरको सामुहिक बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पुरा पढ्नुहोस्

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा ‘हुकिङ’ गरेर विद्युत् चोरी

मेचीकाली : 2017-09-06 13:39:23

बनेपा, २१ भदौ : काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ । जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिनुभयो । मिटर जडान नगरी विद्युत् उपभोग गर्नु नै हुकिङ हो ।

पुरा पढ्नुहोस्

काभ्रेमा पुरै अनुदान लिने डेढ सय पनि पुगेनन्

मेचीकाली : 2017-09-04 16:43:04

बनेपा, १९ भदौ : काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि १३१ घरपरिवारले तीन पटक गरी प्रयेक घरपरिवारले रु तीन लाख लिएका छन् ।भूकम्पपीडितले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख गरी कूल रु तीन लाख लिएका हुन् ।जिल्लामा कूल ७२ हजार ४१७ भूकम्पपीडितले नाम दर्ता गरेका छन् । तीमध्ये ६३ हजार ८७० ले पहिलो किस्ताबापतको रु ५० हजार लगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ । तर पनि भूकम्पपीडितले आवास निर्माण गरेका छैनन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु