Tuesday, 26 September 2017 11:11 am, Nepal

यो बर्ष पनि नबन्ने भयो काभ्रेमा कारागार भवन

मेचीकाली : 2017-09-23 11:06:12

काभ्रे ७ असोज : काभ्रेको धुलिखेलमा जिल्ला कारागार कार्यालयको भवन निर्माण हुने चर्चा चलेपनि भवन निर्माणको काम यस वर्षपनि रोकिएको छ । कैदीबन्दीका लागि सुधार गृहको रुपमा निर्माण गर्न लागिएको कारागार भवन निर्माणको लागि धुलिखेल नगरपालिकाले जग्गा उपलब्ध नगराउने भएपछि धुलिखेलमा कारागारको भवन निर्माण नहुने पक्का भएको हो ।

पुरा पढ्नुहोस्

धुलिखेलका चोक–चोकमा फ्रि वाईफाई

मेचीकाली : 2017-09-14 08:25:17

काभ्रे, २९ भदौ : धुलिखेल नगरपालिकाले पहिलो चरणमा धुलिखेलका विभिन्न चोकहरुमा पर्यटक केन्द्रित फ्रि वाईफाई सेवा शुरु गर्ने भएको छ । केहि वडा कार्यालयहरुमा शुरु गरिसएिको फ्रि वाईफाई सेवालाई धुलिखेल नगरपालिकाले ब्यस्त बजार तथा पर्यटकहरु जम्मा हुने स्थानमा शुरु गर्न लागिएको हो । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई हरेक हिसावले नगरबासीमैत्री बनाउन सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी जस्ता क्षेत्रमा नगरपालिकाले लगानी शुरु गरिसकेको बताए ।

पुरा पढ्नुहोस्

सुरु भयो बनेपा महोत्सव

मेचीकाली : 2017-09-13 19:36:50

काभ्रे, २८ भदौ : आगामी दशैंलाई लक्षित गर्दै आयोजना गरिएको बनेपा महोत्सव आजबाट बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा सुरु भएको छ । महोत्सवको सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । उद्योग राज्य मन्त्री रेशम लामाको विशेष आतिथ्यता रहेको उद्घाटन कार्यक्रम आयोजक बनेपा व्वाइज क्लब बिबिसी बनेपाका अध्यक्ष महेश कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

पुरा पढ्नुहोस्

बनेपामा महिलाको सामूहिक बलात्कारपछि ज्यान गएको खुलासा

मेचीकाली : 2017-09-06 16:04:59

घटनामा संलग्न ६ जना पक्राउ

काभ्रे, २१ भदौ : भदौ १३ गते बनेपा नगरपालिका–८ स्थित पुण्यमाता खोला किनारको मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको सामुहिक बलात्कारपछि हत्या भएको रहस्य खुलेको छ । बनेपा नगरपालिका– १० बस्ने ५७ वर्षिया नानु आले मगरको सामुहिक बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पुरा पढ्नुहोस्

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा ‘हुकिङ’ गरेर विद्युत् चोरी

मेचीकाली : 2017-09-06 13:39:23

बनेपा, २१ भदौ : काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ । जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिनुभयो । मिटर जडान नगरी विद्युत् उपभोग गर्नु नै हुकिङ हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु