Sunday, 19 August 2018 09:25 pm, Nepal

काभ्रेमा बिजुलीको मिटर अभाव, सर्वसाधारण मारमा

मेचीकाली : 2018-08-16 08:08:18

काभ्रे, ३१ साउन : नेपाल विद्युत प्राधिकरणले मिटर उपलव्ध नगराउँदा काभ्रेका सर्वसाधारण समस्यामा परेका छन् । नयाँ मिटरका लागि बनेपा, पनौती र पाँचखालमा रहेको नेपाल विद्युत्त प्राधिकरणका शाखाहरुमा सर्वसाधारणहरु दैनिक धाउने गरेका छन् । तर, मिटर नपाउँदा उनीहरु निराश भएर फर्कनुपरेको छ ।

पुरा पढ्नुहोस्

बनेपा हेल्य केयरको सेवा सुरु

मेचीकाली : 2018-08-11 17:39:59

काभ्रे, २६ साउन : काभ्रेका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले बनेपामा नयाँ स्वास्थ्य संस्थाको स्थापना भएको छ । आज बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै संस्थाले विधिवत रुपमा सेवा प्रारम्भ गरेको हो । काभ्रेको व्यापारिक नगरी बनेपामा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले बनेपा हेल्थ केयरको स्थापना भएको छ ।

पुरा पढ्नुहोस्

काभ्रेमा चोरी घट्यो, हत्या बढ्यो

मेचीकाली : 2018-08-09 19:16:21

काभ्रे, २४ साउन : पछिल्लो समय काभ्रेमा चोरीका घटनामा कमी आए पनि हत्याको घटना भने बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अघिल्लो आर्थिक बर्षमा ज्यान सम्वन्धी ७६ वटा घटना भएकोमा गत आर्थिक वर्ष बढेर ९० वटा पुगेको छ ।  प्रहरी प्रमुख एसपी रविराज खड्काका अनुसार चोरी सम्वन्धी घटनामा कमी आएको छ ।

पुरा पढ्नुहोस्

काभ्रेको मण्डनमा पहिरोमा पुरिएर एक बालकको ज्यान गयो

मेचीकाली : 2018-08-08 15:05:57

काभ्रे, २३ साउन : काभ्रेको मण्डन देउपुर नगरपालिकामा पहिरोमा पुरिएर एक बालकको ज्यान गएको छ । पहिरोमा पुरिएर स्थानीय १८ बर्षका बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मण्डन देउपुर नगरपालिका वडा नम्वर १० छापमा परेको अविरल बर्षातका कारण स्थानीय हेमबहादुर तामाङको घर कटेज बगाएको थियो ।

पुरा पढ्नुहोस्

काभ्रेमा आत्महत्या गर्नेको संख्या बढ्यो

मेचीकाली : 2018-08-08 13:30:12

काभ्रे, २३ साउन : पछिल्लो केहि वर्षदेखि काभ्रेमा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको पछिल्ला तीन वर्षको बार्षिक तथ्याङकको तुलना गर्ने हो भने वर्षेनी आत्महत्या गर्नेको संख्या बढेको पाइन्छ ।  सरकारी तथा गैह्र सरकारी संस्थाहरुले आत्महत्या लगायतका विषयमा सचेतना प्रवाह गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु अघि सारेपनि ती कार्यक्रम भने प्रभावकारी देखिएका छैनन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु