Thursday, 17 August 2017 05:32 am, Nepal

काभ्रेमा ट्राफिक नियम उल्लंघन गर्ने बढ्दै

मेचीकाली : 2017-08-16 09:39:35

काभ्रे, ३२ साउन : सडकमा दिन प्रतिदिन सवारी साधनको संख्या थपिएसँगै जिल्लामा ट्राफिक नियम उलंघन गर्ने सवारीको संख्या समेत बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको तथ्याङकलाई तुलना गर्ने हो भने हरेक वर्ष जिल्लामा ट्राफिक नियम उलंघन गर्ने सवारी साधनको संख्या थपिँदै छ भने कारवाहिबाट हुने राजस्व संकलन समेत बढेको छ ।

पुरा पढ्नुहोस्

बाढी पहिरो पीडितका लागि पत्रकार महासंघ काभ्रेको सहयोग

मेचीकाली : 2017-08-14 18:50:52

काभ्रे, ३० साउन : नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सदस्यहरुको सहभागिता रहने गरी बाढी र पहिरो पीडितका लागि सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिबाट परेको असुविधालाई सहज गराउने उद्देश्यले महासंघले सहयोग गर्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहोस्

काभ्रेमा पुजिए १५ हजार कन्या

मेचीकाली : 2017-08-14 17:39:53

काभ्रे, ३० साउन : विगतका वर्षमा जस्तै यस वर्ष पनि श्री कृष्णजन्माष्टमीका दिन काभ्रेका विभिन्न स्थानहरुमा कन्या पुजा गरिएको छ । विगतका बनेपाबाट कन्या पुजाको सुरुवात भएपनि अहिले जिल्लाका धेरै स्थानमा कन्याहरु पुजिँदै आएका छन् । जिल्लाका सबै स्थानमा गरिएको कन्या पुजामा करिब १५ हजार कन्या पुजिएका छन् ।

पुरा पढ्नुहोस्

क्यान काभ्रेलाई चुनाव लाग्यो

मेचीकाली : 2017-08-14 16:34:00

बनेपा, ३० साउन  : कम्प्युटर एशोसियसन अफ् नेपाल (क्यान महासंघ) काभ्रेमा चुनावी सरगर्मी बढेको छ । सूचना तथा संचार प्रविधि क्षेत्रको छाता संगठन क्यानको भदौ ३ गते सूचना प्रविधि पार्कमा तेह्रौ साधारण सभा एवं अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनका लागि हरिशरण दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन कार्यक्रम अनुसार भदौ १ गते उम्मेदवारी दर्ता, २ गते दावी विरोध र उम्मेदवारी फिर्ता तथा ३ गते मतदानको कार्यक्रम तोएिको छ ।

पुरा पढ्नुहोस्

बाढी पहिरो पीडितका लागि धुलिखेल नगरपालिकाद्वारा सहयोगको निर्णय

मेचीकाली : 2017-08-14 08:13:58

काभ्रे, ३० साउन : देशका विभिन्न भागमा गएको बाढी र पहिरोका कारण विस्थापित भएका परिवारहरुलाई धुलिखेल नगरपालिकाको तर्फबाट एक लाख एक हजार एक सय एघार रुपैया दिने निर्णय गरेको छ । नगरपालिकाको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै नगर प्रमुख अशोक ब्याञ्जुले स्थानीय सरकारहरुले विपत्तका बेला सहयोग गर्नु पर्ने बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु