Wednesday, 26 September 2018 03:11 am, Nepal

करेन्ट लाग्दा दुईको मृत्यु, १० घाइते

मेचीकाली : 2010-08-02 11:30:10

सिन्धुपाल्चोक, १७ साउन
हाइभोल्टेज करेन्ट प्रवाह हुँदा विकट हिमाली गाविस घोर्थलीमा आइतबार साँझ दुई जनाको ज्यान गएको छ। घटनामा चार बालकसहित १० सर्वसाधरण घाइते भएका छन्। हाइभोल्टेजबाट घोर्थली-४ का १६ वर्षीय सुनबहादुर तामाङ र सोही गाविस वडा नं. ८ का ४९ वर्षीय नारायण खत्रीको मृत्यु भएको हो।१२ दिनदेखि अवरुद्ध वजुली लाइन शनिबारमात्र प्राधिकरण कर्मचारीले मर्मत गरी विद्युत आपूर्ति सुचारु गरेका थिए। विद्युत आपूर्ति सुचारु भएको २४ घण्टा नवित्दै हाइभोल्टेज गएको हो।

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा ४० उच्च मावि

मेचीकाली : 2010-08-01 17:26:43

सिन्धुपाल्चोक, १६ साउन
उच्च शिक्षा परिषद् सानोठिमीले यसै शैक्षिक सत्रदेखि सिन्धुपाल्चोक जिल्लाका ६ वटा माविलाई कक्षा ११ सञ्चालन गर्न अनुमति प्रदान गरेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार ती माविहरुमा भूमेश्वरी मावि किउल, गणेश मावि यामुनाडाँडा, कालीदेवी मावि बतासे, महेन्द्रप्रताप मावि धुस्कुन, सेतीदेवी मावि स्याउले र कालीदेवी मावि कदमवास रहेका छन् ।

पुरा पढ्नुहोस्

सुनकोशीमा कन्टेनर खस्यो

एजेन्सी: 2010-07-23 12:37:15

करोडभन्दा बढीको समान कन्टेनरभित्र
तातोपानी, ७ साउन
तातोपानीबाट करोड मूल्य बराबरको चिनियाँ सामग्री बोकेर राजधानी आउँदै गरेको कन्टेर भ्यान बिहीबार राति सुनकोसी नदीमा खसेको छ। कन्टेनरका चालक पौडिएर बाँच्न सफल भएपनि परिचालक नदीमा बेपत्ता भएका छन्।   ना ३ ख ५१९१ नम्बरको कन्टेनर भ्यान अरनिको राजमार्गस्थित फुल्पिङडाँडा-७ कोठेबाट राति साढे १० बजे सुनकोसीमा खसेको प्रहरीले जनाएको छ। बर्खाको सडक भास्सिएपछि कन्टेनर खसेको थियो।

पुरा पढ्नुहोस्

तस्करीमा चिनियाको संलग्नता

मेचीकाली : 2010-07-19 11:20:44

(तातोपानी) सिन्धुपाल्चोक, ३ साउन
विगतका वर्षमा नेपाली अवैध तस्करीमा संलग्न भएको भन्दै चिनियाले आपत्ति जनाउँदै आएकोमा अब उनीहरु आफैं तस्करीमा संलग्न हुन थालेको खुलासा भएको छ । तातोपानी नाकामार्फत वन्य जन्तुका अंग र अमेरिकी डलरको अवैध कारोवारमा चिनियाँ नागरिकको संलग्नाता पाइएपछि यस्तो खुलासा भएको हो । प्रतिवन्धित वनस्पती रक्तचन्दन, सुनाखरी र सालक, हात्तीलगायत वन्यजन्तुको अंग तस्करी तथा अमेरिकी डलर ओसारपसारमा उनीहरुको संलग्नता फेला परेको हो।

पुरा पढ्नुहोस्

तातोपानीमा राजश्व लक्ष्यभन्दा २७ करोड कम

मेचीकाली : 2010-07-17 16:26:03

सिन्धुपाल्चोक ,१ साउन 
चीनसँगको प्रमुख ब्यापारिक नाका तातोपानी भन्सारबाट हुँदै आएको आयात ब्यापारमा यस वर्ष भारी गिरावट आएको छ । यसको असरले चालू आर्थिक वर्षको राजश्व लक्ष्यभन्दा २७ करोड कम संकलन भएको छ । भन्सार अधिकृत भानु न्यौपानेका अनुसार चालू आवका लागि २ अरव ४५ करोड लक्ष्य निर्धारण गरिएकोमा २ अरव १८ करोड संकलन भएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु