Happy tihar
Friday, 20 October 2017 12:55 pm, Nepal

सिन्धुपाल्चोक २९औं पुर्ण खोप सुनिश्चित जिल्ला

मेचीकाली : 2017-10-16 08:44:02

सिन्धुपाल्चोक, ३० असोज : सिन्धुपाल्चोक देशको २९औं पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । हिजो एक कार्यक्रमबीच स्वास्थ्य मन्त्रालयका सचिव किरण रेग्मीेले पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो । सरकारले बालबालिकामा लाग्ने रोग विरुद्ध रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न गाउँबस्तीका बालबालिकालाई अनिवार्य खोप लगाउनु पर्ने भन्दै दुई वर्ष अघि देशव्यापीरुपमा अभियान चलाएको थियो ।

पुरा पढ्नुहोस्

कोदोबालीमा फौजी कीरा

मेचीकाली : 2017-10-11 16:36:18

चौतारा, २५ असोज : सिन्धुपाल्चोकमा कोदोबालीमा फौजी कीराको प्रकोप देखा परेको छ । फौजी कीराले क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष मनसुन ढिला शुरु भएका कारण समयमै रोपाईं हुन नसकी धानबालीलाई असर पु¥याएकै अवस्थामा बाला लाग्ने समयमा कोदोबालीलाई फौजी कीराले क्षति पु¥याएको हो ।

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकका भूकम्पपीडितको यस वर्षको दशैपनि टहरामै बित्यो

मेचीकाली : 2017-10-05 19:05:32

सिन्धुपाल्चोक, १९ असोज : सरकारले पुनर्निर्माणमा चासो नदिँदा यस वर्षको दशैपनि सिन्धुपाल्चोकका भूकम्प पीडितको टहरामै बिताएर मनाएका छन् । अनुदान दिने सरकारी मापदण्ड जटिल भएकाले दोस्रो किस्ता लिएर घर निर्माणलाई तीव्रता दिन नसकेको यस वर्षको दशैपनि टहरामै बितेको हो ।

पुरा पढ्नुहोस्

मानव बेचबिखनमा संलग्न एक पक्राउ

मेचीकाली : 2017-09-18 08:04:27

मेलम्ची, २ असोज : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएका छापभञ्ज्याङका २६ वर्षीय सुवास कार्की २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए ।

पुरा पढ्नुहोस्

राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र बन्ने

मेचीकाली : 2017-09-13 14:05:09

चौतारा, २८ भदौ : राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा मुलुकका अति प्रभावित १४ जिल्लाकै प्रतिनिधित्व हुने गरी १४ खम्बा राखी उद्यान निर्माण गर्न लागिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु