नुवाकोट, १७ चैत : यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ ।जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी(धामी) हरिमानसिंह डंगोल र उहाँकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो । स्थानीयवासीको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल र भैरवीदेवी मन्दिर परिसरमा लिंगो उठाएको छ ।
नुवाकोट, ९ चैत : दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो ।
नुवाकोट, २ चैत : पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।
नुवाकोट, २६ फागुन : तरकारी तथा फलफूल प्रदर्शनीमा उत्कृष्ट भएका किसानलाई सम्मान गरिएको छ । विदुरमा सञ्चालन भइरहेको पाँचौँ नुवाकोट महोत्सवमा तरकारी तथा फलफूलका विभिन्न सात विधामा उत्कृष्ट भएका किसानलाई नगद र सम्मानपत्रबाट शुक्रवार पुरस्कृत गरिएको हो । सम्मानित हुनेहरुमा काउली–बन्दा समूहबाट दुर्गादेवी दाहाल (पहिलो), बैकुण्ठ कोइराला (दोस्रो), सुमन दाहाल (तेस्रो) र सुजीता पुडासैनी (सन्त्वना) छन् ।
नुवाकोट, १९ फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताएका छन् । जिल्ला समन्वय समिति नुवाकोटले आज विदुरमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे । “स्थानीय तह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न कर्मचारीकै कारण मुख्य समस्या भएको छ ।” मुख्यमन्त्री पौडेलले भने, “कर्मचारी चाहियो भनेर मौखिक र लिखित जानकारी गराउँदा केन्द्रले किन बेवास्ता गरेको बुझ्न सकिएको छैन ।”