Monday, 19 February 2018 07:30 am, Nepal

ज्यान मार्ने पाँच अभियुक्त कारागार चलान

मेचीकाली : 2018-02-03 15:39:56

रसुवा, २० माघ : उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ । रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तु जिल्ला शिवराज नपा–११ घर भई हाल अप्पर त्रिशूली १ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्रपुन मगर, कुलमान बुढामगर र सुशील गिरी रहेका छन् ।

पुरा पढ्नुहोस्

रसुवागढीबाट सोमबारदेखि समान भित्रँदै

मेचीकाली : 2018-01-21 13:41:16

रसुवा, ७ माघ : नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढिसकेको जानकारी प्राप्त भएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

‘नेपाल पदयात्रा’ सुरु

मेचीकाली : 2017-12-19 08:53:35

रसुवा, ४ पुस : रसुवामा आजदेखि ‘नेपाल पदयात्रा’ सुरु हुने भएको छ । २०७२ सालमा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्ति र परिवारको सम्झनामा पदयात्रा गर्न लागिएको हो । योङ्ग ड्रक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलले पुस ११ गतेसम्म नेपाल पदयात्रा सञ्चालन गर्न लागेको हो ।

पुरा पढ्नुहोस्

रु एक अर्बको हाराहारीमा राजस्व असुली

मेचीकाली : 2017-12-14 10:41:48

रसुवा, २८ मंसिर : उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ ।

पुरा पढ्नुहोस्

चिनियाँ स्याउ रसुवाबाट भित्रिँदै

मेचीकाली : 2017-11-29 16:22:00

रसुवागढी, १३ मंसिर : अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र आज दिउसोसम्म एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु