Friday, 25 May 2018 08:29 pm, Nepal

प्रधानमन्त्री मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने

मेचीकाली : 2018-05-11 08:42:15

धनुषा, २८ वैशाख:आज जनकपुर भ्रमणमा आउनुहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्नुहुनेछ । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

मेचीकाली : 2018-05-10 16:56:44

– हिमांशु चौधरी/वीरेन्द्र कर्ण

जनकपुरधाम, २७ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ ।

पुरा पढ्नुहोस्

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

मेचीकाली : 2018-05-06 13:29:15

धनुषा, २३ वैशाख : नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो ।

पुरा पढ्नुहोस्

धनुषामा बम विस्फोट, एक महिला घाइते

मेचीकाली : 2018-04-05 14:05:39

धनुषा, २२ चैत : धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो ।

पुरा पढ्नुहोस्

‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

मेचीकाली : 2018-03-20 14:06:06

धनुषा, ६ चैत : बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु