Thursday, 17 August 2017 05:34 am, Nepal

धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या

मेचीकाली : 2017-08-16 10:52:30

धनुषा, ३२ साउन : धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ ।

पुरा पढ्नुहोस्

मिथिलाञ्चलसहित तराइका जिल्लाहरुमा रक्षा बन्धन आज, २० जिल्लामा सार्वजनिक बिदा

मेचीकाली : 2017-08-07 09:45:09

जनकपुरधाम, २३ साउन : भाई बहिनीको प्रेमको प्रतिक मानिने पर्व रक्षा बन्धन पर्व आज मिथिलाञ्चलसहित तराईका २० जिल्लामा मनाईदैछ । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन रक्षा बन्धन पर्व मनाइने गरिन्छ । रक्षा बन्धनका दिन बहिनीले आफ्नो भाईको हातमा राखी बाँध्ने गर्छन् भने भाईले आफ्नो बहिनीलाई उपहार दिने गर्छन् ।

पुरा पढ्नुहोस्

अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा

मेचीकाली : 2017-08-02 13:37:06

जनकपुरधाम, १८ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकारसम्मेलनमा उहाँले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

मधेस बन्द गर्दा जनता आक्रोशित

मेचीकाली : 2017-06-29 08:03:35

धनुषा, १५ असार : संविधान संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन नदिने अडानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालको विरोध मधेसका आठ जिल्लामा मात्र सीमित भई अन्य तीनवटा प्रदेशमा निर्बाध रुपमा मतदान भइरहँदा धनुषासहित प्रदेश नं २ का जनताले भने बन्दको मार खेप्नुपर्दा आक्रोशित भएका छन् ।

पुरा पढ्नुहोस्

विद्यालय हिंडेका प्रधानाध्यापकमाथि गोली प्रहार

मेचीकाली : 2017-06-25 08:50:01

जनकपुर, ११ असार : धनुषाको लक्ष्मीनियामा विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि सिनुरजोडाका प्रधानाध्यापक नरेन्द्रकुमार शर्मा माथि गोली प्रहार भएको धनुषा प्रहरीले जनाएको छ । ५० वर्षिय शर्माको गालामा गोली लागेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर गम्भीर घाइते शर्मालाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु