Monday, 16 July 2018 07:43 pm, Nepal

मुसहर बालबालिकासँग कलाकार कुञ्जनाको जन्मदिन

मेचीकाली : 2018-07-01 10:26:38

बर्दिवास, १७ असार : “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् ।

पुरा पढ्नुहोस्

उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत

मेचीकाली : 2018-06-11 08:24:18

महोत्तरी, २८ जेठ : उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका किसानकहाँ पुगेर अबको एक हप्तापछि उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिवद्धता व्यक्त गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित भएको हो ।

पुरा पढ्नुहोस्

विषादी सेवनबाट दुई मितिनीको मृत्यु

रासस: 2018-05-22 10:51:48

गौशाला, ८ जेठ : महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

मेचीकाली : 2018-05-20 13:44:09

बोलाउन जाँदा डाक्टरले गाली गर्छन्

गौशाला, ६ जेठ : महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् । अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्छन् र यसैगरी बिरामी दिक्क भएर अन्य अस्पताल वा बाहिर जाने गर्छन् ।

पुरा पढ्नुहोस्

भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने

मेचीकाली : 2018-05-18 12:54:47

महोत्तरी, ४ जेठ : उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु