Thursday, 17 August 2017 05:32 am, Nepal

एक सातामा सर्पको टोकाइबाट तीनको मृत्यु

मेचीकाली : 2017-08-04 08:27:49

बर्दिवास, २० साउन : महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

टुटेश्वरनाथमा बोलबम मेला

मेचीकाली : 2017-07-24 09:42:38

बर्दिवास, ९ साउन : राता, पहेँला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले महोत्तरी जिल्लाको टुटेश्वर वनक्षेत्रमा आज निकै चहलपहल बढेको छ । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने टुटेश्वरचोकबाट आठ किमी सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिवास नगरपालिका–५ को टुटेश्वरनाथ मन्दिर क्षेत्रमा आज साउने सोमबारी मेलाले चहलपहल बढेको हो ।

पुरा पढ्नुहोस्

बलात्कार गरी हत्या गरेको आरोपमा तीन पक्राउ

मेचीकाली : 2017-07-20 08:29:15

गौशाला, ५ साउन : महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस्

स्वास्थ्य शिविरबाट एक हजार १०० जना लाभान्वित

मेचीकाली : 2017-07-12 13:10:52

गौशाला, २८ असार : महोत्तरी जिल्लाको भङ्गहा गाउँपालिकामा सञ्चालित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट एक हजार १०० जना लाभान्वित भएका छन् ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा भङ्गहा गाउँपालिकाको परडिया राष्ट्रिय निमाविमा सम्पन्न एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा ४४५ महिला र ६५५ जना पुरुषले विभिन्न रोगको उपचार गराएर लाभान्वित भएको सो कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

गर्मीका कारण एकजनाको मृत्यु

मेचीकाली : 2017-06-27 08:07:02

गौशाला, १३ असार : धेरै दिनदेखि पानी नपर्दा हिजो साँझ महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा अत्यधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुषको मटिहानी गाउँपालिका–५ स्थित बजारमा अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रहरी चौकी मटिहानीका प्रहरी नायब निरीक्षक महेन्द्र साहले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु