Friday, 24 November 2017 06:43 pm, Nepal

विषादी सेवनबाट एक बालिकाको मृत्यु, ४ बालबबालिका सिकिस्त

मेचीकाली : 2017-11-04 11:21:24

सर्लाही, १८ कात्तिक : तरकारीमा छिट्ने विषादी सेवन गर्दा सर्लाहीको फूलपरासीमा शुक्रबार एक बालिकाको ज्यान गएको छ । अरु ४ जना बालबालिका सिकिस्त बिरामी परेका छन् । कौेडेना गाउँपालिका– २ फूलपरासी बस्ने राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

पुरा पढ्नुहोस्

लालबन्दी–१४ को मतपेटिका हेलिकप्टरबाट ल्याइयो

मेचीकाली : 2017-09-19 14:44:19

सर्लाही, ३ असोज : सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो ।

पुरा पढ्नुहोस्

राजपाको बन्दले तराईको जनजीवन प्रभावित

मेचीकाली : 2017-06-13 08:43:28

सर्लाही, ३० जेठ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आब्हान गरेको बन्दले बिहानैदेखि तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका मलंगवा, गौर, जलेश्वर, कलैया, जनकपुर, राजविराज जस्ता मुख्य बजार बिहानैदेखि बन्द छन् । सदरमुकाम जोड्ने हुलाकी राजमार्गमा गाडी चल्न सकेका छैन् । पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल र केही मालबाहक सवारी बाहेक सार्वजनिक गाडी चलेको छैन् ।

पुरा पढ्नुहोस्

सर्लाहीमा कालाजारको महामारी, ६ जनाको मृत्यु

मेचीकाली : 2017-04-11 08:34:21

सर्लाही, २९ चैत : सर्लाहीको भक्तिपुरमा कालाजारको महामारी फैलिएको छ । एक साता देखि फैलिएको कालाजार रोगबाट भक्तिपुरको राईटरखोर गाउँमा अहिले सम्म ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले पुष्टी गरेको छ । कालाजारबाट बिरामी भएका १४ जनाको जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको जनस्वास्थ्य अधिकृत प्रभाकर झाले जानकारी दिनुभयो । भक्तिपुर स्वास्थ्य चौकीबाट ढिलोगरी जानकारी आएकाले महामारीले ठुलो रुप लिएको उहाँले बताउनुभयो ।

पुरा पढ्नुहोस्

निर्वाचन कार्यालय सर्लाहीले बोलाएको बैठक मधेशी मोर्चाद्वारा बहिस्कार

मेचीकाली : 2017-04-03 08:48:10

मलंगवा, २१ चैत : स्थानिय निकायको मतदान केन्द्र निर्धारण सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आईतवार निर्वाचन कार्यालयले बोलाएको बैठकलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सर्लाहीले बहिस्कार गरेको छ । मधेशी जनताको माग पुरा नभएसम्म आफुहरु निर्वाचन सम्बन्ध कुनै पनि कार्यक्रममा सहभागी नहुने भन्दै मोर्चाका नेताहरु जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु