Wednesday, 18 October 2017 11:32 am, Nepal

सिन्धुली साक्षर जिल्ला घोषणा

मेचीकाली : 2017-07-09 08:41:29

सिन्धुली, २५ असार : सिन्धुली जिल्लालाई ३६ औं साक्षर जिल्ला घोषणा गरिएको छ । सिन्धुली क्षेत्र नं २ का सांसद एवं कृषि तथा जलस्रोत विकास समितिका सभापति मोहन बरालले एक कार्यक्रमकाबीच सिन्धुलीलाई साक्षर जिल्ला घोषणा गर्नुभयो । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका कुल साक्षरता प्रतिशत ९९ सय दशमलव १३ प्रतिशत पुगेपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

पुरा पढ्नुहोस्

दुरदर्शी नीति नहुँदा विपी राजमार्ग आसपास बस्नेलाई पिरलो

मेचीकाली : 2017-06-24 08:44:01

सिन्धुली, १० असार : विपी राजमार्गको सिन्धुलीमाडी बजार क्षेत्रमा झण्डै डेढ वर्षयता सडकसँग जोडिएका घर जग्गाको कारोबार भएको छैन । नगरपालिकाले राजमार्ग केन्द्रबाट ३१ मिटर दाँयाबाँया ठाउँ छोड्नु पर्ने बताएपछि यसअघिको प्रावधान अनुसार २१ मिटर छोडेर बनाईएका भौतिक संरचना समेत भत्काउनु पर्ने स्थिति देखिएको छ ।

पुरा पढ्नुहोस्

घुस लिएको अभियोगमा दुई कार्यकारी अधिकृत पक्राउ

मेचीकाली : 2017-06-06 14:24:27

सिन्धुली, २३ जेठ : घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

करेन्ट लागेर एकको मृत्यु

मेचीकाली : 2017-05-06 16:29:26

सिन्धुली, २३ वैशाख : सिन्धुलीको तीनपाटन गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तिनपाटन गाउँपालिका– २ निवासी ४७ वर्षीय खड्गप्रसाद श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । तीनपाटनकै बेलघारीमा कुखुरा लिन जाने क्रममा चदाहा खोलामा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलघारीका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र झाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

उम्मेदवार छनोट गर्न प्रमुख दललाई सकस

मेचीकाली : 2017-04-17 14:32:33

सिन्धुली,  ४ वैशाख : वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा दलले अझै उम्मेदवारको छनोट गर्न सकेका छैनन् । दलमा उम्मेदवार बन्ने आकाङ्क्षी धेरै भएपछि उम्मेदवार छान्न सकस भएकोे हो । विशेषतः सिन्धुलीमा प्रमुख तीन दललाई नै उम्मेदवार छान्न सकस परेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु