Friday, 24 November 2017 12:30 am, Nepal

टिपर दुर्घटनामा सहचालकको मृत्यु

मेचीकाली : 2017-01-11 13:14:53

रामेछाप, २७ पुस : रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीकोे भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो । आज बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पुरा पढ्नुहोस्

चौहत्तर वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै

मेचीकाली : 2017-01-09 14:17:20

रामेछाप, २५ पुस : पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ । ७४ वर्षको उमेरमा उहाँ नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्नुहुन्छ ।इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाका हजुरबुबा भइसक्नुभएका उहाँलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो ।

पुरा पढ्नुहोस्

चुचुरेमा जलविद्युतको काम ९० प्रतिशत पूरा

मेचीकाली : 2017-01-06 14:06:05

रामेछाप, २२ पुस : रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युत्को काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताउनुभएको छ । चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३ मेगावाट क्षमताको विद्युत् प्रसारणलाई केन्द्रीय जलविद्युत्सँग जोड्नलाई तार लाइन दोलखाको जिरीसम्म पु¥याइ सकिएको छ ।

पुरा पढ्नुहोस्

रामेछापमा ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

मेचीकाली : 2016-12-14 08:39:48

रामेछाप, २९ मङ्सिर : रामेछापमा ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती रामेछापको खाँदादेवी धुरेणा खोपमा ट्रिपर भिरबाट खसेर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । प्रहरीका अनुसारतीनजनाको घटनास्थलमा र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीका २९ बर्षका वकास पौडेल, सिन्धुलीका २४ बर्षका रुपेश भण्डारी, सिन्धुपाल्चोकका ३५ बर्षका कुमार विक र ललितपुरका ३५ बर्षका किरण डाँगी हुनुहुन्छ ।

पुरा पढ्नुहोस्

रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना सम्वन्धि प्रतिवेदन फिर्ता

मेचीकाली : 2016-11-29 08:45:49

रामेछाप, १४ मङ्सिर : स्थानीय तह पुनसंरचना आयोगले रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना सम्वन्धि प्रतिवेदन फिर्ता पठाएको छ । जिल्लाको स्थानिय तह निर्धारणमा आयोगमा उजुरी तथा गुनासो दर्ता भएको भन्दै आयोगले त्यसलाई सच्याएर विरोध नहुने गरि स्थानिय तहको निर्धारण गर्न जिल्लाको प्राविधिक समितिलाई भनेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु