Monday, 26 June 2017 02:25 am, Nepal

दोलखा माओवादीको ८ वडा अध्यक्ष, काँग्रेस ४, एमाले ६ विजयी

मेचीकाली : 2017-05-16 19:09:09

चरिकोट, २ जेठ : स्थानीय तहको निर्वाचनको पछिल्लो परिणामअनुसार दोलखा जिल्लाको विभिन्न स्थानबाट मत परिणाम प्राप्त हुने क्रम जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार जिरी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ बाट विजयी हुनेको नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

दोलखामा गोली चल्यो, एक जनाको मृत्यु

मेचीकाली : 2017-05-14 16:56:25

चरिकोट (दोलखा), ३१ वैशाख : दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ ।

पुरा पढ्नुहोस्

व्यक्ति हत्यामा उत्रियो माओवादी

मेचीकाली : 2017-05-10 08:46:06

दोलखामा एमाले उम्मेदवारका छोराको हत्या

दोलखा, २७ वैशाख : दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १, जुँगुमा नेकपा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच दोहोरो झडपमा परी एमाले कार्यकर्ताको मृत्यु भएको छ । घटनामा वडा नम्बर १ जुँगुका ३३ वर्षीय कुलबहादुर तामाङको मृत्यु भएको हो ।तामाङ एमालेको तर्फबाट गौरीशकर गाउँपालिका वडा नं १ का वडा सदस्यका उम्मेद्वार गोरेबहादुर तामाङका छोरा हुन् ।

पुरा पढ्नुहोस्

बाबुको प्रतिद्वन्द्वीलाई चुनौती दिँदै छोरा

मेचीकाली : 2017-05-09 11:14:57

दोलखा, २६ वैशाख : दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर १ मा चुनावको रोचक पक्ष देख्न सकिन्छ । युवा जोस जाँगरका साथ समाजको विकासका लागि आमूल परिवर्तनको पक्षमा टेकेर यतिबेला महेश्वर काफ्ले वडा अध्यक्षको पदमा चुनावी मैदानमा छन् । तिनै काफ्लेको प्रतिद्वन्द्वीका रुपमा छन् पुराना बुबा पुस्ताका नेता ज्ञानेन्द्र केसी ।

पुरा पढ्नुहोस्

उम्मेदवारी फिर्ता लिन धम्की दिने तीन जना पक्राउ

मेचीकाली : 2017-05-05 17:49:41

चरिकोट, २२ वैशाख : स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु