dashain
Wednesday, 17 October 2018 01:03 am, Nepal

सप्तरीको सात विद्यालयमा तालाबन्दी

मेचीकाली : 2010-10-06 19:29:09

सप्तरी, २० असोज : विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग उठिरहेका समयमा केही दिनअघिदेखि सप्तरीका विद्यालयमा तालाबन्दी गर्ने क्रम बढेको छ । दुई साताको अवधिमा जिल्लाको छवटा विद्यालयमा तालाबन्दी हुँदा हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको छ । व्यवस्थापन समितिका अध्यक्षले आफ्ना आफन्तलाई नियुक्ति गर्न लागेको भन्दै अभिभावकले सप्तरीको सिसवा वेल्ही गाविसस्थित माँ भगवती प्रावि देवहारीमा तालाबन्दी गरेका छन् ।  व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण चौधरीले आफ्नी बुहारी पार्वती चौधरीलाई बिनाप्रतिष्पर्धा शिक्षकमा नियुक्त गर्न लागेको भन्दै अभिभावकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

पुरा पढ्नुहोस्

केन्द्रीय सदस्यमा सप्तरीका ४ उम्मेदवार

मेचीकाली : 2010-09-15 09:50:04

NCसप्तरी, ३० भदौ
 असोज १ देखि ५ गतेसम्म हुने नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा सप्तरीबाट चार जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । उनीहरूले उम्मेदवारी दिने भएपछि काँग्रेस महाधिवेशनको रौनक सप्तरीमा छाएको छ । केन्द्रीय सदस्यमा नेपाली काँग्रेस सप्तरीका सभापति रामकुमार चौधरी, सभासद् शिवचन्द्र मिश्र, काँग्रेस सप्तरीका सचिव सुशील सेवा परियार र तेजनारायणलाल चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

पुरा पढ्नुहोस्

उदयपुर सिमेन्ट उद्योगविरुद्ध मुद्दा

मेचीकाली : 2010-08-20 17:04:05

Udayapur cementराजविराज, ४ भदौ 
उदयपुर सिमेन्ट उद्योगले उपकरणवापतको रकम भुक्तानी नदिएको भन्दै एक कम्पनीले उद्योगविरुद्ध पुनरावेदन अदालत राजविराजमा मुद्दा दायर गरेको छ । उद्योगलाई एक वर्षअघि आपूर्ति गरेको उपकरणको सम्झौताअनुसारको एक रुपैयाँ पनि नपाएपछि राजविराजको अभिषेक सप्लायर्स एन्ड टे«डर्सले आर्विट्रेसन एक्टअन्तर्गत मुद्दा दिएको हो ।  उद्योगमा रहेको कर्मचारी युनियनले मागेको चार लाख रुपैयाँ कमिसन नदिएपछि आफूले पाउनुपर्ने रकम भुक्तानी नदिइरहेको सो ट्रेडर्सले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु