dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

टिसर्ट, टोपी र बालबालिका प्रयोग, सम्बन्धित निकाय मौन

मेचीकाली : 2017-09-09 09:03:57

सुरेश झा

सप्तरी, २४ भदौ : आगामी असोज २ गते प्रदेश नं २ मा हुने हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ । निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियान पनि शुरु गरेका छन् । पार्टीका झण्डा, तुल, घोषणापत्र र चुनाव चिह्नसहित प्रत्येक शहर तथा ग्रामीण भेगका गाउँ, टोल र घर घरमा सम्बन्धित दलका उम्मेदवार र कार्यकर्ता पुगी मतदानका लागि महिला, वृद्धवृद्धा र युवालाई आग्रह गरिरहेका छन् । प्रत्येक चिया पसल, टोल र चोकमा सर्वसाधारण कसले जित्ने र हार्ने, कसलाई मत दिने र नदिनेजस्ता गफमा व्यस्त छन् ।

पुरा पढ्नुहोस्

भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु

मेचीकाली : 2017-08-11 17:01:24

राजविराज, २७ साउन : सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ ।स्थानीय ४० वर्षीय बलराम सदाले आफ्नै दाजु ४२ वर्षीय बल्खुराम मुसहरमाथि दाउराको चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी : यादव

मेचीकाली : 2017-08-11 10:10:32

राजविराज, २७ साउन : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताउनुभएको छ । संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

मेचीकाली : 2017-08-10 13:56:11

राजविराज, २६ साउन : सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

पुरा पढ्नुहोस्

बम विस्फोटबाट प्रहरी भ्यानमा क्षति,चार प्रहरी घाइते

मेचीकाली : 2017-08-06 10:46:55

राजविराज, २२ साउन : अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ ।इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु