dashain
Monday, 15 October 2018 04:36 pm, Nepal

खुल्ला दिसामुक्तको नाममा अनियमितता, छानविनको माग

मेचीकाली : 2018-04-03 17:01:31

लहान, २० चैत : खुल्ला दिसामुक्त अभियानको नाममा सप्तरीमा व्यापक अनियमितता र लापरवाही भएको भन्दै सत्यतथ्य छानविन गरी सम्बद्ध सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने माग उठ्न थालेको छ । शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै सप्तरीलाई हतारहतार खुल्ला दिसामुक्त घोषणा गर्न खोजेको भन्दै व्यापक आलोचना भएपछि जिल्ला स्तरीय सरसफाइ स्वच्छता समन्वय समितिले कानूनी बाटो अख्तिायार गर्ने प्रयास गरेको छ ।

पुरा पढ्नुहोस्

प्राधिकरणले ४८७ जनाको लाइन काट्यो

मेचीकाली : 2018-02-16 12:13:34

राजविराज, ४ फागुन : नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ ।प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिनुभएको जानकारी अनुसार लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

चिसोबाट दुई जनाको मृत्यु

मेचीकाली : 2018-01-07 10:08:18

राजविराज, २३ पुस : विगत चार/पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

पुरा पढ्नुहोस्

संविधान नै सरकार गठनमा बाधक : अध्यक्ष यादव

मेचीकाली : 2018-01-05 13:54:54

राजविराज, २१ पुस : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताउनुभएको छ ।सप्तरीको राजविराजमा आज बिहान कार्यकर्तासँगको भेटका क्रममा उहाँले अन्य धेरै ठाउँमा संवैधानिक जटिलता रहेकाले संविधान संशोधन गरेमात्रै मुलुकले निकास पाउन सक्दछ भन्नुभयो ।

पुरा पढ्नुहोस्

महदेवामा मतदान शुरु भएन

मेचीकाली : 2017-12-07 11:32:46

सप्तरी, २१ मंसिर : यस जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन । डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहनुभएको छ र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका छैनन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु