Friday, 24 November 2017 12:30 am, Nepal

धान उत्पादनमा कमी

मेचीकाली : 2017-11-22 13:33:17

सप्तरी, ६ मंसिर : साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ ।धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

छठका लागि बजारमा चहलपहल

मेचीकाली : 2017-10-24 13:10:46

राजविराज, ७ कात्तिक : आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ ।

पुरा पढ्नुहोस्

सडक पुनःनिर्माण नहुँदा समस्या

मेचीकाली : 2017-10-23 16:56:14

राजविराज, ६ कात्तिक : सप्तरीको राजविराज–भारदह सडकखण्डअन्तर्गत फर्सैठस्थित नहर चोकमा सडक भत्किएको महिनौँ बितिसक्दा पनि पुनःनिर्माण हुन नसक्दा सवारी आवतजावतमा समस्या हुँदै आएको छ । राजविराज नगरपालिका वडा नं ११ मा पर्ने सो सडक गत साउन महिनामा आएको भीषण बाढीले क्षतबिक्षत भएकाले आवतजावत गर्न तथा सवारी साधन सञ्चालनमा समस्या हुनाका साथै सवारी दुर्घटना हुन सक्ने सम्भाबना बढेको सम्बद्ध सवारी चालकले बताएका छन् ।

पुरा पढ्नुहोस्

राजविराजबाट नौ लाख ५० हजार लुट

मेचीकाली : 2017-10-10 14:18:27

राजविराज, २४ असोज : हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैंकबाट निकालिएको रु नौ लाख ५० हजार आज अपराह्न लुटिएको छ । राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

देवनारायणको बुहारीले भारतीय अदालतमा आज वयान दिने

मेचीकाली : 2017-10-06 09:54:06

सप्तरी, २० असोज : सप्तरी तिलाठी कोइलाडी गाउँपालिका २ का देवनारायण यादवका बुहारी ज्योतीकुमारीले आज भारतीय अदालतमा वयान दिनुहुने भएको छ । भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यबहार न्यायलयमा उहाँले  बयान दिने कार्यक्रम छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु