Monday, 16 July 2018 08:11 pm, Nepal

उदयपुर सिमेन्ट उद्योग घाटामा

मेचीकाली : 2017-09-26 14:10:12

उदयपुर, १० असोज : पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ । शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेन्ट उद्योग असोजको पहिलो हप्ता विद्युत् आपूर्ति नियमित नभएपछि १५ दिनमा मात्र झण्डै रु दुई करोडभन्दा बढी घाटा ब्यहोर्नुपरेको उद्योगको सिमेन्ट उत्पादन प्लान्ट विभाग प्रमुख नवलकिशोर साहले बताउनुभयो ।

पुरा पढ्नुहोस्

उदयपुरमा जिल्ला समन्वय समिति चयन

मेचीकाली : 2017-08-14 10:49:30

उदयपुर, ३० साउन : उदयपुर जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् ।समन्वय समितिका प्रमुखमा नेकपा (एमाले)का खड्ग परियार र उपप्रमुखमा गंगाकुमारी राई चयन भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

दुईदिनदेखि विद्युत् र टेलिफोन अवरुद्ध

मेचीकाली : 2017-08-13 10:43:11

उदयपुर, २९ साउन : शुक्रबार बेलुकीदेखि आएको वर्षाले सुनसरीको इटहरीमा रहेको क्षेत्रीय टेलिकम सेवा कार्यालयको टावरमा गडबडी भएपछि उदयपुर जिल्लामा पनि दुईदिनदेखि मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएको छ ।टेलिफोन तथा मोबाइल सेवासमेत अवरुद्ध हुँदा स्थानीयवासी तथा पत्रकार सञ्चारकर्मीसमेत समाचार संकलन गर्नमा हैरानी पर्न थालेको उदयपुरका पत्रकार भक्तिविलास पोखरेलले बताउनुभयो ।

पुरा पढ्नुहोस्

जनप्रतिनिधिले गाउँपालिकाको नाम फेरे

मेचीकाली : 2017-07-23 08:46:25

उदयपुर, ८ साउन : गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ । गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु पर्ने प्रस्ताव ल्याएर बहुमतले पास गरेपछि सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ राख्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो ।

पुरा पढ्नुहोस्

उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी

मेचीकाली : 2017-07-07 13:56:39

उदयपुर, २३ असार : गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु