Sunday, 17 December 2017 08:03 am, Nepal

मूल्य नपाउँदा किसान चिन्तित

मेचीकाली : 2017-12-13 13:38:16

उदयपुर, २७ मंसिर : यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् । ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएको रौता आँपटारका डिल्लीमान राईको गुनासो छ ।

पुरा पढ्नुहोस्

एम्बुस थाप्ने योजनाकार पक्राउ

मेचीकाली : 2017-11-30 13:45:14

उदयपुर, १४ मंसिर : बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ ।

पुरा पढ्नुहोस्

१३ बर्षका बालकद्वारा ३ बर्षकी बालिका बलात्कार

मेचीकाली : 2017-11-25 10:57:15

उदयपुर, ९ मंसिर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ । घरमा अभिभावक नभएको मौका छोपेर तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पुरा पढ्नुहोस्

सडक पुनःमर्मत नहुँदा ज्यान जोखिममा

मेचीकाली : 2017-11-12 13:03:02

उदयपुर, २६ कात्तिक : सोह्र वर्षअघि निर्माण भई सञ्चालन हुँदै आएको सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी भएर घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अहिलेसम्म पनि पुनःमर्मत हुन सकेको छैन । लोकमार्ग खण्डमा सञ्चालन हुने अधिकांश सवारीका साधन उच्च जोखिममा पर्दै गएका छन् । सडक निर्माण भएको एक वर्षदेखि नै सडक भत्कन थाले पनि अहिले यतिका वर्ष भइसक्दासम्म यसको पुनःमर्मतसमेत नभएपछि अहिले यो मार्ग अति नै जोखिममा रहेको यातायात सञ्चालक तथा ट्राफिक प्रहरी बताउँछन् ।

पुरा पढ्नुहोस्

गाईघाट क्षेत्रको झण्डा पम्ल्पेट हटाइयो

मेचीकाली : 2017-11-07 16:36:17

उदयपुर, २१ कात्तिक : उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट क्षेत्रमा स्थानीय तहको निर्वाचनको समयमा विभिन्न स्थानमा गाडिएका झण्डा टाँसिएका पम्प्लेटलगायतका प्रचारप्रसारका सामग्री हटाइएको छ । प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तेजप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठसहितको नेतृत्वले गाईघाट बजार र सदरमुकाम बोक्से क्षेत्रमा सडक छेउमा गाडिएका ब्यानर, झण्डा, सडकका भित्तामा लेखिएका नारा र टाँसिएको पम्प्लेट हटाएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु