Friday, 24 November 2017 12:35 am, Nepal

प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

मेचीकाली : 2017-11-14 08:36:22

खोटाङ, २८ कात्तिक : नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा

मेचीकाली : 2017-11-13 17:00:23

खोटाङ, २७ कात्तिक : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो ।

पुरा पढ्नुहोस्

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

मेचीकाली : 2017-11-09 14:32:35

खोटाङ, २३ कात्तिक : आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो ।

पुरा पढ्नुहोस्

बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

मेचीकाली : 2017-10-16 16:20:38

खोटाङ, ३० असोज : चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

मेचीकाली : 2017-09-28 13:28:38

खोटाङ, १२ असोज : वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान गुमाएकाका बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालय खोटाङमा वैदेशिक रोजगार प्रवद्र्घन बोर्डबाट छात्रवृत्ति रकम आएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु